आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

एसिया कपः श्रीलंका र बंगलादेश भिड्दै

शनिबार, ०४ असोज २०८२, १४ : २५
शनिबार, ०४ असोज २०८२

सारांश

  • एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको पहिलो खेल शनिबार हुँदैछ।
  • आजको खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
  • दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल राति ८:१५ मा सुरु हुनेछ।

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत आज (शनिबार) सुपर चारको पहिलो खेल हुँदैछ । जसअनुसार आज हुने खेलमा श्रीलंकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबिचको खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने भएको हो । आजको खेलमा जित निकाल्दै दुबै टोली सेमिफाइनल यात्रालाई बलियो बनाउने योजनामा छन् । 

दुबै टोली समूह ‘बी’ को शीर्ष र दोस्रो स्थानमा रहँदै सुपर चारमा पुगेका हुन् । श्रीलंकाले सुपर चारमा शतप्रतिशत जित निकालेको थियो । त्यसैले पनि आजको खेलमा सहज जितको अपेक्षा हुनेछ । 

यता अफगानिस्तान श्रीलंकासँग पराजित हुँदा अघिल्लो चरणमा पुगेको बंगलादेश आजको खेलमा जित निकाल्दै आफूलाई बलियो साबित गर्ने योजनामा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप