दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै
बैतडी । हिन्दु नेपालीहरूको मुख्य चाड बडादसैँ नजिकएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नेपाली घर फर्कन थालेका छन् ।
बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट रोजगारीका लागि गएकाहरू स्वदेश फर्कन थालेका हुन् । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट स्वदेश फर्कनेको सङ्ख्या बढेसँगै सवारीसाधनमा यात्रुको घुइँचो बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाटबाट घर फर्कने नेपालीको सङ्ख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
उनका अनुसार मौसमी रोजगारीका लागि सीमावर्ती भारतीय क्षेत्रमा गएका नेपालीहरू चाडपर्वका लागि घर फर्कन थालेका छन् ।
झुलाघाट नाकाबाट पछिल्ला केही दिनयता दैनिक ७०–८० जना स्वदेश फर्किरहेका इलाका प्रहरी कार्यालय झुलाघाटका प्रमुख एवं वरिष्ठ प्रहरी नायब निरीक्षक गङ्गाराम टमाटाले जानकारी दिए । यसअघि यो सङ्ख्या दैनिक १०–१५ जनासम्म थियो ।
भारतसहित रोजगारीका लागि बिदेसिएकाहरू स्वदेश फर्कन थालेका जनाइएको छ । बिसुपर्व मनाएर रोजगारीका लागि भारत पसेकाहरू दसैँका लागि उक्त नाका भएर फर्कने गरेका वरिष्ठ प्रहरी नायब निरीक्षक टमटाको भनाइ छ ।
उनका अनुसार दसैँको समयमा सुदूरपश्चिममा कुलदेवताको पूजाआजा हुने, जात्रा, मेला हुने भएकाले आफ्नै गाउँघर फर्कने गर्दछन् ।कैलालीको त्रिनगर कञ्चपुरको गड्डाचौकी, दार्चुलाको पुलघाट नाकाबाट दिनहुँ स्वदेश भित्रिने क्रम बढ्दै गएको जनाइएको छ ।
दसैँ, तिहारलाई लक्षित गर्दै सुरक्षा योजनालाई थप व्यवस्थित बनाइएको प्रहरी प्रवक्ता बडूले बताए । उनले भने, “सुरक्षा योजना बनाएर काम गरिरहेका छौँ । सीमा क्षेत्र, राजमार्ग, मुख्य बजारमा सहायता कक्ष स्थापनाको तयारी भइरहेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण