आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बेचन झा र पूर्वसचिव टेकनारायण पाण्डे कारागार फर्किए

बुधबार, ०८ असोज २०८२, २० : ३७
बुधबार, ०८ असोज २०८२

काठमाडौँ । जेनजी प्रदर्शनमा केन्द्रीय कारागारबाट निस्केका पूर्वसचिव टेकनारायण पाण्डे र बेचन झा फर्किएका छन् ।

उनीहरू दुवै जना नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा पुर्पक्षका लागि थुनामा छन् । पूर्वसचिव पाण्डे मंगलबार आफैं कारागारमा उपस्थित भएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले रातोपाटीलाई बताए ।

शरणार्थी प्रकरणका अर्का प्रतिवादी झा बुधबार केन्द्रीय कारागारमा फर्केका हुन् । शरणार्थी प्रकरणका केशव प्रसाद दुलाल र सानु भण्डारीलाई मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर कारागारमा बुझाएको थियो । शरणार्थी प्रकरणमा संलग्न नेकपा (एमाले)का निलम्वित सचिव टोपबहादुर रायमाझी पनि कारागार फर्किसकेका छन् ।

उनीहरू सबै जना भदौ २४ मा केन्द्रीय कारागारबाट बाहिर निस्केका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप