बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

फूलपाती बढाइँ समारोहका लागि ग्राण्ड रिहर्सल, तस्बिरहरू

शुक्रबार, १० असोज २०८२, १६ : ११
शुक्रबार, १० असोज २०८२

काठमाडौँ । अगामी सोमबार टुँडिखेलमा आयोजना गर्न लागिएको फूलपाती बढाइँ समारोहको लागि शुक्रबार ग्राण्ड रिहर्सल गरिएको छ । 

हप्तौँदेखि गरिएको तयारी र पूर्वाभ्यास पश्चात् नेपाली सेनाले हरेक वर्ष फूलपाती आउन दुई दिन बाँकी रहँदा ग्राण्ड रिहर्सल गर्दै आएको छ ।  

फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रूपमा फूलपाती बढाइँ गर्दै आइरहेको छ । सप्तमीका दिन गोरखा दरबारबाट ल्याइएको फूलपाती दसैँ घरमा भित्र्याउने साइतमा नेपाली सेनाले २१ तोपको सलामी दिने गरिन्छ । 

टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरूलाई दसैँ बिदामा जान अनुमति दिने सेनामा चलन पनि छ ।

15-IMG_839216-IMG_840717-IMG_841118-IMG_841319-IMG_841720-IMG_842321-IMG_843522-IMG_843723-IMG_844124-IMG_8445

01-IMG_838902-IMG_567003-IMG_567904-IMG_568005-IMG_570106-IMG_833907-IMG_834708-IMG_8350_109-IMG_8356_110-IMG_835911-IMG_836212-IMG_836713-IMG_837014-IMG_8371

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप