आडम स्मिथका २५० वर्ष
सारांश
- अमेरिकाको स्वतन्त्रताको घोषणाको २५० वर्ष पुग्न लाग्दा एडम स्मिथको 'द वेल्थ अफ नेसन्स' पुस्तकको महत्त्वबारे चर्चा गरिएको छ।
- आर्थिक कारोबारमा नैतिक कर्म र श्रम विभाजनले बजारलाई कसरी प्रभाव पार्छ भन्ने बारेमा स्मिथको धारणा प्रस्तुत गरिएको छ।
- विशिष्टीकरण र बजारको दायरा, र यसको विकासशील अर्थतन्त्रहरूमा परेको प्रभावबारे विश्लेषण गरिएको छ।
अमेरिका स्थापना हुँदै गर्दा प्रकाशित भएको मुख्य दस्ताबेज ‘स्वतन्त्रताको घोषणा’ अर्थात् ‘डिक्लेरेसन अफ इन्डिपेन्डेन्स’ पारित भएको आगामी वर्ष दुई सय ५० वर्ष पुग्दै छ । यसैगरी अर्थशास्त्रबारे हाम्रो बुझाइको आधारभूत ग्रन्थको रूपमा रहेको अर्को प्रमुख दस्ताबेज पनि सन् २०२६ मा प्रकाशनको दुई सय ५० वर्ष पुग्दै छ । त्यो पुस्तक आडम स्मिथद्वारा लिखित ‘द वेल्थ अफ नेसन्स’ हो । आजको जस्तो आर्थिक र संरचनात्मक रूपान्तरणको समयमा यो पुस्तक पुन:पाठ गर्नु असाध्यै लाभदायक छ ।
आडम स्मिथले दुइटा मुख्य सन्दर्भ दिएका छन् । पहिलो, आर्थिक कारोबारमा संलग्नहरूको नैतिक कर्म तथा उच्च विश्वासका साथै विश्वसनीयस्तरको सम्पत्तिको अधिकार कायम भएको अवस्थामा बजारको ‘अदृश्य हात’ले स्रोत–साधनको बाँडफाँड कुशलतापूर्वक गर्न सक्छ । बाह्यता अर्थात् ‘एक्स्टर्नालिटी’ (कुनै आर्थिक गतिविधिले कारोबारमा संलग्न नभएको पक्षमा पार्ने प्रभाव, जसलाई मूल्यमा समायोजन गरिएको हुँदैन) तथा सूचनाको असमान पहुँचले अदृश्य हातको दक्षता र कार्यसम्पादनलाई कमजोर बनाइदिन्छ ।
दोस्रो र सबैभन्दा महत्त्वपूर्ण शिक्षा चाहिँ अर्थतन्त्रको कुशलता तथा उत्पादकत्व बढाउने काम ‘श्रम विभाजन’ले गर्छ भन्ने हो । अचेल त्यसलाई ‘विशिष्टीकरण’ भनिन्छ । कुनै पनि विशिष्टीकृत अर्थतन्त्रलाई ज्ञान र विज्ञताका विविध सँगालोहरूले सशक्त बनाएका हुन्छन् ।
त्यस्तो अर्थतन्त्रले ‘ठुलो परिमाणमा उत्पादन गर्दा हुने लागत बचत’ अर्थात् ‘इकोनोमिज अफ स्केल’, सिकाई तथा नवप्रवर्तनको बलियो प्रोत्साहनबाट फाइदा लिन सक्छ । यथोचित कुशलतासहितको विनिमय विधिको अभावमा विशिष्टीकरणले काम गर्दैन । यो स्मिथले उल्लेख गरेको अदृश्य हातमा भर पर्छ । विशिष्टीकरण बढ्दै जाँदा अर्थतन्त्रमा जटिलता पनि थपिँदै जान्छन् ।
स्मिथले आफ्नो पुस्तकमा उल्लेख गरेजस्तै विशिष्टीकरणलाई बजारको दायरा कहाँसम्म छ भन्ने कुराले निर्धारित गर्छ । सानो आकारको बजारले धेरै प्रकारका विशेष व्यवसायहरूलाई निरन्तरता दिनका लागि आवश्यक माग सिर्जना गर्न सक्दैन ।
स्मिथले आफ्नो पुस्तकमा उल्लेख गरे जस्तै विशिष्टीकरणलाई ‘बजारको दायरा’ कहाँसम्म छ भन्ने कुराले निर्धारित गर्छ । सानो आकारको बजारले धेरै प्रकारका विशेष व्यवसायहरूलाई निरन्तरता दिनका लागि आवश्यक माग सिर्जना गर्न सक्दैन । तर, जब यातायात र सञ्चारमा सुधार हुन्छ । बजारहरू बढ्न थाल्छन् । लागत घट्छ, त्यस पश्चात् थप विशिष्टीकरण सम्भव हुन्छ ।
विशिष्टीकरणको सम्भावित अवरोधका रूपमा ‘बजारको दायरा’का अलावा यसले आफै सिर्जना गर्ने जोखिम पनि हो । अर्थतन्त्रको विशिष्टीकरणका ढाँचाहरू संरचनात्मक हुन्छन् । त्यस्ता संरचनामा परिवर्तन आउन समय लाग्छ । त्यसैले कथंकदाचित व्यापार प्रणालीमा अवरोध आउने वा कुनै सीप वा उद्योग पुरानो भएर असान्दर्भिक हुन पुग्यो भने व्यक्ति, फर्म तथा पुरै अर्थतन्त्र नै सङ्क्रमणमा प्रवेश गर्छ । जुन लामो हुनुका साथै असहज पनि हुन सक्छ ।
जस्तै प्राविधिक क्षेत्रमा भएको नयाँ प्रयोग वा नवप्रवर्तन अथवा मागको स्वरूप फेरबदलले गर्दा अर्थतन्त्रमा सङ्क्रमण देखा पर्न सक्छ । १९औँ शताब्दीमा तथा २०औँ शताब्दीको सुरुवातमा जब अर्थतन्त्रहरू बढी भन्दा बढी विशिष्टीकृत बन्दै गए त्यस्तो समयमा सिर्जित जोखिम कम गर्नका लागि सम्बन्धित देशहरूले ‘एन्टीट्रस्ट’ कानुन, सामाजिक सुरक्षा प्रबन्ध लगायतका नीतिहरू मार्फत स्थिर समष्टिगत आर्थिक तथा मौद्रिक प्रणाली कायम गर्ने प्रयास गरे ।
समाधानका यस्ता तौरतरिकाहरू प्रायः राष्ट्रिय स्वरूपका थिए । दोस्रो विश्वयुद्धपछि भने विशिष्टीकरण वैश्विक रूपमा विकास हुन थाल्यो । दोस्रो विश्वयुद्धपछि आर्थिक पुनरुत्थानलाई सघाउने नाममा सुरु भएको वैश्विक स्तरको विशिष्टीकरण विस्तृत रूपान्तरणको चरणसम्म पुग्यो । औपनिवेशिक साम्राज्यहरू तिनीहरूका असमान आर्थिक संरचनासँगै छोडिए ।

वणिकवाद हटेर खुला व्यापारले ठाउँ लिन थाल्यो । यातायात र सञ्चारमा नयाँ प्रविधिको तीव्र विकास भयो । डिजिटल क्रान्तिले यसलाई थप गति दियो । स्मिथले विशिष्टीकरणको पहिलो अवरोधका रूपमा उल्लेख गरेको ‘बजारको दायरा’ तीव्र रूपमा खुकुलो हुँदै फैलिँदै गयो ।
विकासशील अर्थतन्त्रहरूमा यसले धेरै फेरबदल ल्याइदियो । एक प्रकारले ‘गेम चेन्जर’ नै बन्यो । न्यून कुल ग्राहस्थ उत्पादनका कारण उनीहरू विशिष्टीकरण मार्फत हासिल हुने आर्थिक कुशलता तथा उत्पादकत्वबाट फाइदा लिन सक्ने गरी पर्याप्त आन्तरिक माग सिर्जना सक्ने अवस्थामा थिएनन् ।
तर, जब उनीहरूले वैदेशिक बजार तथा प्रविधिमा पहुँच पाए, त्यसलाई तुलनात्मक लाभका रूपमा लिएर उनीहरूले तीव्र गतिमा कुल गृहस्थ उत्पादन वृद्धि गराए । यसरी उनीहरूको हकमा आर्थिक गतिविधिको भौगोलिक परिवर्तनसँगै बढ्दो विशिष्टीकरण पनि हासिल भएको थियो ।
स्मिथले विशिष्टीकरणको पहिलो अवरोधका रूपमा उल्लेख गरेको बजारको दायरा तीव्र रूपमा खुकुलो हुँदै फैलिँदै गयो । विकासशील अर्थतन्त्रहरूमा यसले धेरै फेरबदल ल्याइदियो । एक प्रकारले ‘गेम चेन्जर’ नै बन्यो ।
त्यसैको परिणाम स्वरूप देखा परेको संरचनात्मक ‘डिस्रप्सन’ अर्थात् अवरोध चाहिँ शासकीय संरचनामा हुने क्रमिक विकासभन्दा तीव्र गतिमा अघि बढ्यो । विकसित अवस्थाले निम्त्याएका जोखिम न्यूनीकरण गर्ने क्षमता अपुग भयो । सुरुमा त त्यस्तो अवरोधले धेरै फरक पारेको थिएन ।
अमेरिका लगायत धनी मुलुकहरूले विश्व अर्थतन्त्रको व्यवस्थापन तथा आवश्यक नियमहरू तय गरेका थिए । अन्तर्राष्ट्रिय आर्थिक प्रणाली तय गर्ने, आवश्यक नियमहरू बनाउने तथा सम्बन्धित संस्थाहरू सञ्चालनका लागि प्रायोजन गर्ने काम पनि उनीहरूले नै गरे । तर, अन्ततः वैश्विक आर्थिक शक्तिमा देखिएको फेरबदल चरम बिन्दुमा पुगे पछि भने परिस्थिति समान रहेन ।
प्रणाली नै विघटनको सङ्घारमा पुग्यो । बढ्दो रूपमा रहेका अवरोधहरूले जोखिम बढाउँदै लगे । धनी मुलुकका मानिसहरू निराश हुन थाले । बढ्दो निराशाले तदनुकुलको राजनीतिक प्रतिक्रिया निम्त्याउन थाल्यो । विश्व अर्थतन्त्रमा शृङ्खलाबद्ध रूपमा बाह्य झटका (शक) हरू देखा पर्न थाले । जलवायु परिवर्तन, कोभिड–१९, युक्रेन तथा गाजामा चलेका युद्धलगायत थपिँदो विश्वव्यापी तनावले परिस्थिति झनै बिगार्दै लग्यो ।
‘अमेरिका पहिलो’ भनिएको विदेश नीति तथा द्विपक्षीय ‘डिलमेकिङ’ मा प्राथमिकतासहितको दृष्टिकोण बोकेर ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमन भयो । त्यससँगै वैश्विक स्तरमा हुँदै गरेको परिवर्तनमा अर्को स्थायी मोड आइपुग्यो । फलस्वरूप अहिले धेरै मुलुकहरू आर्थिक सुरक्षालाई आफ्नो राष्ट्रिय सुरक्षासँग अभिन्न रूपमा जोडेर हेर्न थालेका छन् । अर्थतन्त्रहरूमा आन्तरिक रूपमा अझै सशक्त रहेको विशिष्टीकरण अन्तर्राष्ट्रिय स्तरमा भने पछाडि फर्किन थालेको छ ।
दुई सय ५० वर्षको इतिहासमा जसरी मानवीय पुँजीको ठुलो मूल्य थियो अब भने त्यही स्तरमा नरहने अवस्था देखा परेको छ । यद्यपि अर्को स्वरूपको ज्ञान र सीपको हिस्सा भने अझै बढेर जानेछ ।
यस्तो यात्रा कहाँसम्म पुग्छ भन्ने त यकिन भन्न सकिँदैन तर कम्तीमा पनि उत्पादकत्व र आर्थिक वृद्धिमा भने यसको असर पर्ने अनुमान सहजै लगाउन सकिन्छ । साथै अर्थतन्त्रको प्रतिरोध क्षमता घटाउनुका साथै जोखिम पनि बढाउन सक्छ । न्यून प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन वा सानो जनसङ्ख्या जस्ता कारणले घरेलु माग सिर्जना गर्ने क्षमता कमजोर भएका मुलुकहरू बेसी अप्ठेरोमा पर्नेछन् ।
उनीहरूले कति क्षति व्यहोर्छन् भन्ने वैश्विक बजारमा उनीहरूको पहुँचको स्तरले निर्धारण गर्छ । स्मिथको विशिष्टीकरणको मोडेलले आउने दिनमा छिट्टै नै अझै गहन र आधारभूत परिवर्तनको सामना गर्नुपर्ने हुनसक्छ । उनको मोडेल विशेष ज्ञान तथा विशेषज्ञताको पुञ्ज सिर्जनामा आधारित छ । तर, एआईका जेनेरेटिभ मोडेलहरू अहिले लगभग सबै विषयमा विज्ञता उपलब्ध गराउन सक्ने बाटोमा देखिँदै छन् ।
आडम स्मिथले पहिलो पटक चर्चा गरेको विशिष्टीकरणको अवधारणा दुई सय ५० वर्षपछि आजका अर्थतन्त्रहरूमा पनि उत्तिकै महत्त्वपूर्ण विशेषताका रूपमा रहेको छ ।
नीतिहरू जसले चाहन्छ उसलाई उपलब्ध गराउन सक्छन् । साथै यस्तो सेवा बापत लाग्ने शुल्क पनि ज्यादै न्यून हुन्छ । यसको सम्भावित परिणाम दीर्घकालीन प्रकृतिको देखिन्छ । विज्ञताको अभाव हुन छाडेपछि पक्कै पनि त्यसको भाउ पनि धेरै घट्न जान्छ । सजिलै हस्तान्तरण गर्न नसकिने ज्ञान र सीपको मूल्य बढ्नेछ । किनभने त्यस्तो ज्ञान र सीप सजिलै वर्णन गर्न तथा दस्तावेजीकरण गर्न पनि सकिँदैन ।
अर्को शब्दमा भन्ने हो भने गत दुई सय ५० वर्षको इतिहासमा जसरी मानवीय पुँजीको ठुलो मूल्य थियो अब भने त्यही स्तरमा नरहने अवस्था देखा परेको छ । यद्यपि अर्को स्वरूपको ज्ञान र सीपको हिस्सा भने अझै बढेर जानेछ । अहिले हामीले जवाफ खोज्नै पर्ने प्रश्न भनेको तिनीहरूको हिस्सा कति–कति हुन्छ होला भन्ने नै हो ।
आडम स्मिथले पहिलो पटक चर्चा गरेको विशिष्टीकरणको अवधारणा दुई सय ५० वर्षपछि आजका अर्थतन्त्रहरूमा पनि उत्तिकै महत्त्वपूर्ण विशेषताका रूपमा रहेको छ । यद्यपि त्यसमा व्यापक परिवर्तन भइरहेको छ । अन्तरनिर्भरताबाट जोखिम हुन सक्ने आङ्कलनसहित वैश्विक अर्थतन्त्रमा यसको भूमिका आंशिक रूपमा मात्रै सीमित भएको छ ।
सम्भवतः एआईले विशिष्टीकरणलाई घटाउँदैन होला तर ज्ञान–हस्तान्तरणको समीकरण भने पक्कै हेरफेर गर्छ । विशिष्टीकरणमा आधारित विविध प्रकारका मानवीय पुँजीको सापेक्षित मूल्य भने घटाउन सक्छ ।
(माइकल स्पेन्स नोबेल पुरस्कार विजेता अर्थशास्त्री हुन । सन् २००१ मा ‘इन्फरमेसन इकोनोमिक्स’ मा पुर्याएको योगदानका लागि उनलाई नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो । स्टान्फोर्ड विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका उनले बजार सूचना, असमानता, प्रविधि र विकास सम्बन्धी विषयमा उल्लेखनीय अनुसन्धान गरेका छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण