शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हुम्लामा भारतीय महिलाको मृत्यु

सोमबार, १८ असार २०७५, १६ : १४
सोमबार, १८ असार २०७५

हुम्ला– अक्सिजनको कमीले भारतको केराला मालापुरणकी ५६ वर्षीया लीला महेन्द्र नारायणको मृत्यु भएको छ । मानसरोवरको कैलाश यात्रा गरी आइतबार उनी हुम्ला आइपुगेकी थिइन् ।  सिमकोट विमानस्थलका प्रहरी नायब निरीक्षक मदन शाहीले लेक लागेर उनको मृत्यु भएको बताए । मृतकको पनि शव विमानस्थलमै छ । 

असार १५ गते देखिको खराब मौसमका कारण विमानस्थलमा भारतीय र नेपाली नागरिक अलपत्र परेका छन् । पन्ध गते बिहानदेखि हल्का पानी पर्नुका साथै हुस्सु लागेपछि नेपालजञ्ज र सुर्खेतबाट हवाईजहान आउन नसक्दा ४०० जना सिमकोट विमानस्थलमा र सिमकोटको कोहिल्सा नाकामा १५० यात्री अलपत्र परेको नागरिक उड्डयन कार्यालयले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप