बाढी पहिरो प्रभावितको उद्धार, राहत, सहयोग एवं सहजीकरणमा जुट्न आजपाको आह्वान
काठमाडौँ । आम जनता पार्टी (आजपा) ले अहिले बाढी, पहिरो, वर्षाले मुलुक संकटको सामना गरिरहेको बेला आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणका लागि पार्टी नेताकार्यकर्तालाई निर्देशन दिएको छ ।
आजपा प्रवक्ता चन्द्र भूषण साहले आज एक विज्ञप्ति जारी गर्दै अहिलेको संकटमा आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणमा जुटन पार्टीका नेताकार्यकर्तालाई अनुरोध गरेका छन् ।
साथै पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा आयोजना हुने दसैँ, दीपावली, छठ पर्वका पूर्व निर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको उनले जनाएका छन् ।
देशभर जारी भीषण वर्षा, बाढी, डुबान र पहिरोका कारण विभिन्न स्थानहरूमा सञ्चार तथा यातायात सेवा अवरोध र आम जनजीवन समेत अस्तव्यस्त भई ठुलो मात्रामा जनधनको क्षति हुनसक्ने सम्भावनाप्रति आजपा गम्भीर चिन्तित रहेको विज्ञप्तिमा उल्लेख छ ।
`हाम्रो आम जनता पार्टी (आजपा) का विभिन्न कमिटीहरूद्वारा महान् पर्व दसैँ, दीपावली तथा छठको पावन अवसरमा राष्ट्रिय अध्यक्ष मा. प्रभु साहको प्रमुख आतिथ्यतामा आयोजना गर्न लागिएका प्रशिक्षण, भेटघाट तथा शुभकामना आदानप्रदान लगायतका सबै कार्यक्रमहरू आकस्मिक रूपमा नागरिकको सुरक्षा, राहत र सहयोग कार्यलाई प्राथमिकतामा राखेर तत्कालका लागि स्थगन गरिएको विषय जानकारी गराइन्छ,´ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आजपाले सर्वसाधारण नागरिकहरूलाई जलजन्य रोगहरू फैलिन नदिनका लागि सफा खानेपानी, सरसफाइ र स्वास्थ्य सर्तकतामा विशेष ध्यान दिई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रमा नजान, आवश्यक परे नजिकको सुरक्षाकर्मी वा स्थानीय प्रशासनसँग तत्काल सम्पर्क एवं समन्वय गर्न समेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण