मधेशका धेरै जिल्लामा भारी वर्षा, बागमती र कोशी प्रदेशका केही स्थानमा पनि अवस्था उस्तै
शनिबार, १८ असोज २०८२, २० : ५४
पछिल्लो १२ घण्टामा मधेश प्रदेशका धेरैजसो जिल्लामा भारीदेखि अत्यधिक भारी वर्षा भएको छ।
त्यस्तै, बाग्मती प्रदेश र कोशी प्रदेशका केही स्थानमा पनि भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, अहिले पनि पानी परिरहेकोले प्रभावित क्षेत्रका बासिन्दाहरूले सतर्कता अपनाउनु पर्ने जरुरी छ। वर्षाका कारण नदी–खोला बढ्ने र बाढी तथा पहिरोको जोखिम बढ्ने सम्भावना रहेको महाशाखाको भनाइ छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण