बेल्जियम र इजिप्ट अन्तिम ३२ मा, न्युजिल्यान्ड बाहिरियो
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’का अन्तिम खेल सकिँदा बेल्जियम समूह विजेता र इजिप्ट उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेका छन्। बेल्जियमले न्युजिल्यान्डलाई ५–१ ले पराजित गर्यो भने इजिप्ट र इरानबीचको खेल १–१ को बराबरीमा सकियो।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा भएको खेलमा बेल्जियमका लागि लियान्द्रो ट्रोसार्डले २८औँ र ५०औँ मिनेटमा दुई गोल गरे। कप्तान केभिन डे ब्रुयनेले ६६औँ मिनेटमा गोल थपे भने रोमेलु लुकाकुले ८६औँ मिनेटमा चौथो गोल गरे। इन्जुरी समयको चौथो मिनेटमा एलेक्सिस सेलेमेकर्सले गोल गर्दै बेल्जियमको ५–१ को शानदार जित सुनिश्चित गरे। न्युजिल्यान्डका लागि इलाइजाह जस्टले ८४औँ मिनेटमा सान्त्वना गोल गरेका थिए।
यता अमेरिकाको सियाटल स्टेडियममा इजिप्टले पाँचौँ मिनेटमा महम्मुद साबिरको गोलमार्फत अग्रता बनाएको थियो। तर इरानका रामिन रेजाइयानले १४औँ मिनेटमा बराबरी गोल फर्काए। खेलको इन्जुरी समयको तेस्रो मिनेटमा सोजा खलिलजादेहाले इरानका लागि गोल गरे पनि भिडियो सहायक रेफ्री (VAR) ले अफसाइड ठहर गर्दै गोल रद्द गरिदियो। त्यसपछि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा समाप्त भयो।

यस नतिजासँगै बेल्जियम समूह विजेता र इजिप्ट उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन्। ३ अङ्क जोडेको इरानको अन्तिम ३२ मा पुग्ने सम्भावना बाँकी नै छ । न्युजिल्यान्ड भने समूह चरणबाटै बाहिरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रमको घोषणा, देशभरका उद्यमीबाट आवेदन खुला
-
मल खरिदमा चलखेल : भारतभन्दा झन्डै दोब्बर मूल्य तिर्दै सरकार
-
प्रविधि उद्योग किन तपाईंको स्क्रिन हटाउन चाहन्छ ?
-
अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती
-
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकले थाल्यो अभियान
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण