शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
बाढीकाे वितण्डा

सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५० ढोका खोलिए

आइतबार, १९ असोज २०८२, ०९ : १४
आइतबार, १९ असोज २०८२

सारांश

  • अविरल वर्षाका कारण कोशी नदीमा जलवहाव बढेपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन्।
  • प्रहरीका अनुसार, बिहान ८:१५ बजे जलवहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेको थियो।
  • खतराको संकेत स्वरूप कोशी ब्यारेजमा तीन रातो बत्ती बालियो।

सुनसरी । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५०  ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जानकारी दिए ।

उनका अनुसार आज बिहान ८:१५ बजे सो नदीको जलवहाव मापन गरिएको थियो । आज बिहान ७ः०० बजे सो नदीको जलवहाव मापन गर्दा दुई लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएको थियो  । 
    
शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो ।

यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए । 

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप