वीपी महामानव होइनन्, राजनेता हुन् : केशरबहादुर विष्ट
सारांश
- राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले वीपी कोइरालालाई महामानव भन्न नहुने बताए ।
- उनले वीपी राजनेता भएको र वीपीले मुलुकको राजनीति बुझेको तर्क गरे ।
- विष्टले माओवादीसहितका दलहरूले व्यवस्था बदल्न प्रयोग गरेको बाटोलाई राष्ट्रघाती भने ।
काठमाडौँ । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले विश्वेश्वरप्रसाद कोइरालालाई महामानव भन्न नहुने बताएका छन् । वीपी कांग्रेसले काठमाडौँमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।
उनले वीपी महामानव नभई राजनेता भएको तर्क गरे । उनले महामानव राजनीतिबाट बाहिर रहेको र गल्ती नगर्नेलाई भन्ने गरिने पनि उल्लेख गरे । वीपी गल्ती र राजनीति नगर्ने मान्छे नभएको समेत उनले बताए । वीपीले समयानुसार मुलुकको राजनीति माटो र गहिराइलाई बुझेर अघि बढाएका र अहिलेसम्म पनि वीपी जत्तिको नेपाललाई बुझ्ने मान्छे राजनीतिमा अर्को नदेखेको बताए । मनमोहन अधिकारी पनि वीपीको नजिकसम्म पुगेको व्यक्ति भएको उनले बताए ।
उनले भने- ‘वीपी महामानव थिएनन् । हामीले बेला बेलामा गलत बुझ्छौँ । वीपीलाई महामानव भन्नुहुँदैन । वीपी राजनेता हुनुहुन्थ्यो । वीपीको राजनेतापन नेपालको लागि इज्जत र सौभाग्यको कुरा हो । हामीले त्यसरी बुझ्दा बढी राम्रो हुन्छ । महामानव भनेको गल्ती नगर्ने मान्छे हुन्छ, राजनीति नगर्ने मान्छे हुन्छ । वीपी गल्ती नगर्ने मान्छे पनि होइन, वीपी राजनीति नगर्ने मान्छे पनि होइन । वीपी राजनेता हुनुहुन्थ्यो । समयानुसार यो मुलुकको माटो, गहिराइलाई बुझेर त्यसलाई लिएर जाने क्रममा त्यति जानेको बुझेको मान्छे आजसम्म नेपालको राजनीतिमा अर्को भएन । केही नजिक नजिक मनमोहन अधिकारी पनि हुनुभयो । नेपालको राजनीतिमा त्यो तहको राजनेता छैन ।’
उनले माओवादीसहितका राजनीतिक दलहरूले व्यवस्था बदल्नको लागि प्रयोग गरेको बाटो राष्ट्रघाती रहेको बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण