बक्स अफिस रिपोर्ट सार्वजनिक, सबैभन्दा धेरै बलिदानले कमायो (सूचीसहित)
सारांश
- चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ।
- बलिदान फिल्मले सर्वाधिक ३ करोड ७५ लाख रुपैयाँ कलेक्सन गरेको छ ।
- हरिबहादुरको जुत्ता र माइतीघरले पनि राम्रो कमाई गरेका छन्।
काठमाडौँ । चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । बोर्डले हाल प्रदर्शनरत तीन फिल्म बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको कारोबार विवरण सार्वजनिक गरेको हो ।
असोज १३ गतेदेखि असोज २० गते मध्यरातसम्मको बक्स अफिस विवरणअनुसार सर्वाधिक कमाइ बलिदानले गरेको छ । उक्त फिल्मले ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ ।
यसैगरी हरिबहादुरको जुत्ताले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कलेक्सन गरेको छ भने माइतीघरले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ सङ्कलन गरेको बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ।
दसैँका लागि भन्दै फूलपातीदेखि ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका थिए । चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।
दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
यसैगरी चलचित्र ‘माइतीघर’ केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण