बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

राष्ट्रपतिले बोलाएको छलफलमा प्रचण्ड सहभागी नहुने

शुक्रबार, २४ असोज २०८२, १६ : २४
शुक्रबार, २४ असोज २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी नहुने भएका छन्।
  • बैठकमा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी हुनेछन्।
  • राष्ट्रपतिले जेनजी आन्दोलनपछिको अवस्था र निर्वाचनको वातावरणबारे छलफल गर्न बोलाएका हुन्।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सरकार र राजनीतिक दलहरूको बैठकमा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा हुने छलफलमा संयोजक प्रचण्ड सहभागी नहुने मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

माओवादी केन्द्रबाट पूर्ववरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी हुने छन् ।

‘राष्ट्रपतिले बोलाएको छलफलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन जानुहुन्छ, प्रचण्ड जानुहुन्न’, रातोपाटीसँग उनले भने ।

जेनजी आन्दोलनपछिको अवस्था र घोषित निर्वाचनको वातावरण बनाउने विषयमा राष्ट्रपति पौडेलले शुक्रबार सरकार र राजनीतिक दलका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप