शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अवैतनिक कन्सुलरले प्रयोग गर्ने निलो प्लेट खारेज

शुक्रबार, २४ असोज २०८२, १८ : ५१
शुक्रबार, २४ असोज २०८२

सारांश

  • सरकारले नेपालमा रहेका विदेशी अवैतनिक कन्सुलरहरूले प्रयोग गर्ने निलो नम्बर प्लेटको सवारीसाधन खारेज गर्ने निर्णय गरेको छ।
  • यो निर्णय निलो नम्बर प्लेटको दुरुपयोग भएको गुनासोको आधारमा परराष्ट्र मन्त्रालयले लिएको हो।
  • निलो प्लेटका सवारीसाधनलाई निजीमा परिवर्तन गरिने र कार्यान्वयनका लागि समन्वय गरिनेछ।

काठमाडौँ । नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक कन्सलहरूले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको निलो नम्बर प्लेट  खारेज गर्ने निर्णय सरकारले गरेको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार अवैतनिक कन्सल जनरल र कन्सल सम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम शुक्रबार यो निर्णय लिइएको हो । निलो नम्बर प्लेटका सवारीसाधनको दुरुपयोग भएको गुनासोको आधार यो निर्णय लिएको परराष्ट्रमन्त्रालयले जनाएको छ । 

हाल प्रयोगमा रहेका निलो नम्बर प्लेट भएका सवारीसाधनहरूलाई निजी सवारी साधनमा परिवर्तन गरिने र यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायहरूसँग यस निर्णयको कार्यान्वयनको लागि आवश्यक समन्वय हुने जनाएको छ ।

अवैतनिक कन्सल जनरल र कन्सलले तोकिएको कन्सुलर क्षेत्रभित्र नेपालको राष्ट्रिय दिवस समारोह, सम्बन्धित (नियुक्ति दिने) मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकको राष्ट्र प्रमुख, सरकार प्रमुख र परराष्ट्र मन्त्री नेपाल भ्रमणमा रहेको समयमा सरकारी भेटघाट र स्वागत तथा बिदाइ र नेपालको लागि सम्बन्धित मुलुकको राजदूतको नेपाल भ्रमणको अवसरमा सम्बन्धित मुलुकको राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था भने यथावत राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप