मुगुमा खोलाले बगाउँदा महिलाको मृत्यु
शुक्रबार, २४ असोज २०८२, २१ : ४६
सारांश
- खत्याड खोलाले बगाउँदा मुगुमा एक महिलाको मृत्यु भएको छ ।
- खत्याड गाउँपालिका-११ की २२ वर्षीया विष्णु रावलको खोला तर्ने क्रममा मृत्यु भएको हो ।
- प्रहरी र स्थानीयवासीको सहयोगमा रावलको शव खोलाले बगाएको एक किलोमिटर तल फेला परेको थियो ।
मुगु । यहाँको खत्याड गाउँपालिका–११ स्थित खत्याड खोलाले बगाउँदा आज महिलाको मृत्यु भएको छ ।
खोला तर्ने क्रममा चिप्लिएर खोलामा खसेकी डाडियामकी २२ वर्षीया विष्णु रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अच्युत आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार रावललाई खोलाले बगाएर एक किलोमिटर भन्दा तल पुर्याएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको शव फेला पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण