बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पुरानो भिडियोका कारण विवादमा ‘सैयारा’ फेम अनीत पड्डा

शनिबार, २५ असोज २०८२, १३ : २६
शनिबार, २५ असोज २०८२

सारांश

  • अभिनेत्री अनीत पड्डा पुरानो भिडियोमा उर्दू कवितालाई र्‍याप शैलीमा गाएपछि विवादमा आएकी छिन्।
  • सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको भिडियोले मुस्लिम समुदायको भावनामा चोट पुर्‍याएको आरोप लगाएका छन्।
  • अनीत पड्डा 'ब्यान्ड बाजा बारात' का निर्देशक मनीष शर्माको रोमान्टिक फिल्ममा देखिने भएकी छन्, जुन २०२६ मा छायांकन हुनेछ।

मुम्बई । ‘सैयारा’ चलचित्रबाट चर्चामा आएकी अभिनेत्री अनीत पड्डा आफ्नो एक पुरानो भिडियोका कारण समस्यामा परेकी छन्। उनको समस्याको कारण उर्दूका प्रसिद्ध कवि मोहम्मद इकबालको कविता ‘लब पे आती है दुआ’ हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको पुरानो भिडियोमा अभिनेत्री अनीतले यो प्रसिद्ध कवितालाई र्‍याप शैलीमा गाएको देखिन्छ। यस भिडियोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मुसलमानहरूको भावनामा ठेस पुर्‍याएको आरोप लगाइरहेका छन्। आफ्नो अभिनय र सादगीका कारण चर्चामा रहने अनीत पहिलो पटक ट्रोलरहरूको निशानामा परेकी हुन्। 

‘सैयारा’ बाट रातारात स्टार बनेकी अनीतको फिल्मी करियरको कुरा गर्दा उनी चाँडै नै अर्को प्रेम कहानीमा देखिनेछिन्। ‘ब्यान्ड बाजा बारात’ का निर्देशक मनिष शर्माले अनीतलाई लिएर एउटा रोमान्टिक फिल्म बनाउने तयारी गरेका छन्। यो फिल्मलाई यशराज फिल्म्सले नै निर्माण गर्नेछ।

मिड डेको रिपोर्ट अनुसार, यो रोमान्टिक फिल्म पञ्जाबमा आधारित हुनेछ र यसको प्रि-प्रोडक्सनको काम पनि सुरु भइसकेको छ। फिल्मको छायाङ्कन सन् २०२६ को पहिलो अर्धवार्षिकमा सुरु गरिनेछ। तर, फिल्ममा अनीतको अपोजिटमा को हुनेछन् भन्ने जानकारी भने अहिले सार्वजनिक भएको छैन। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप