सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राजनीति

देउवा, ओली र प्रचण्डले इफ, बट नभनी नेतृत्व छाड्नुपर्छ : गगन थापा (भिडियाे)

आइतबार, २६ असोज २०८२, १७ : २०
आइतबार, २६ असोज २०८२

सारांश

  • गगन थापाले शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाललाई बिदाइ गर्नुपर्ने बताए।
  • उनले तीन दलका नेताहरूले नेतृत्व छाड्नुपर्ने भन्दै संवादको नयाँ वातावरण बनाउन आग्रह गरे।
  • थापाले १० वर्षदेखि देउवा, ओली र प्रचण्डबिच म्युजिकल चेयर चलिरहेको आरोप लगाए।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख तीन दलका नेताहरू शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिदाइ गर्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा झण्डै ९ मिनेटको भिडियाे सन्देश जारी गर्दै थापाले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख नेताहरूलाई नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल गरेका हुन् ।

उनले देउवा, ओली र प्रचण्डबिच १० वर्षदेखि म्युजिकल चेयर चलिरहेकाले नै अहिलेको अवस्था सिर्जना भएको दाबी समेत गरेका छन् । उनले गत भदौ २३ र २४ अघिको नेपाल र त्यसपछिको नेपालको अवस्था फरक रहेको दाबी पनि गरेका छन् ।

‘हामी आफ्ना नेताहरूलाई सम्मान पनि गरौँ, इम्पेथी पनि राखौँ । सँगसँगै कांग्रेस, एमाले, माओवादीका सबै साथीहरूलाई म अपिल पनि गर्छु, तीन वटै नेताहरूले इफ, बट नभनी नेतृत्व छाड्नुपर्छ’, थापाले भनेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप