मन्त्रिपरिषद् बैठक : सहिद र जीवन निर्वाह भत्ताका लागि पौने ५ करोड विनियोजन, ५ कार्यविधि स्वीकृत
सारांश
- कर्णाली प्रदेश सरकारले सहिद तथा जीवन निर्वाह भत्ताका लागि झन्डै पाँच करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा कार्यविधि तथा निर्देशिकालाई समेत स्वीकृति प्रदान गरेको छ।
- शहीद परिवार र जीवन निर्वाहमा कठिनाइ भोगेका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले सहिद तथा जीवन निर्वाह विशेष भत्ताका लागि झन्डै पाँच करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । यस्तै, प्रदेशको विकास, सुशासन र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न ६ वटा कार्यविधि तथा निर्देशिकालाई समेत स्वीकृति प्रदान गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार, मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ को दफा ५ को उप दफा ३ बमोजिम सहिद स्मृति भत्ता वितरणका लागि २ करोड ५५ लाख ७२ हजार रुपैयाँ र जीवन निर्वाह विशेष भत्ता वितरणका लागि २ करोड २९ लाख ८० हजार रुपैयाँ गरी कुल ४ करोड ८५ लाख ५२ हजार रुपैयाँ स्थानीय तहमा अख्तियारी पठाउन स्वीकृति दिएको हो ।
यो रकम आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत पठाइने छ । यसले शहीद परिवार र जीवन निर्वाहमा कठिनाइ भोगेका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको प्रवक्ता शाहले रातोपाटीलाई बताए ।
यस्ता छन्, मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयहरुः
- आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी (दोस्रो संशोधन) कार्यविधी २०८२ स्वीकृति
- कर्णाली प्रदेश समपूरक अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ स्वीकृति
- कर्णाली प्रदेश विशेष अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ स्वीकृति
- कर्णाली प्रदेश सशर्त अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ स्वीकृति
- लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका, २०८२ स्वीकृति
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण