मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नश्लीय चिन्तनमा रुसभन्दा इङ्ग्ल्याण्ड कसरी अघि ?

बुधबार, २० असार २०७५, १४ : ४५
बुधबार, २० असार २०७५

एजेन्सी । इङ्ग्ल्याण्डका समर्थकहरुले रुसको भोल्गोगार्डमा नाजी स्टाइलको सलाम मारे । मिडियाकर्मी तथा व्यवसायी लर्ड एलन सुगरले रंगभेदी ट्वीट गरे । इङ्ग्ल्याण्डले विश्वकपको क्वाटरफाइनलसम्म स्थान बनाउने क्रममा आफ्नो टोलीमा क्रमश परिवर्तन ल्याएको छ । तर समर्थकहरु किन सुध्रिएका छैनन । किन रंगभेद सम्बन्धी इङ्ग्ल्याण्डको समस्या ज्युँ का त्युँ छ ?

जबकी विश्वकप शुरु हुनअघि इङ्ग्ल्याण्डले रुसमा हुने सम्भावित रंगभेदका विषयमा सजग रहन आफ्नो समर्थकहरुलाई चेतावनी दिएको थियो । पश्चिमा जगतले फैलाएको यस्तो अफवाह विपरीत विश्वकपमा अहिलेसम्म रंगभेदको घटना घटेको छैन । रुसी जनताले सबैलाई उस्तै न्यानो आतिथ्यता गरेका छन्् । रुस जानुअघि रंगभेद र सुरक्षामा ध्यान दिन आफ्नो जनतालाई सबैभन्दा धेरै अपिल गर्ने देश नै बेलायत थियो । प्रतियोगता सुरु हुुनअघि बेलायतको विदेश मन्त्रालयले तयार पारेको रिर्पोट बीबीसीमार्फत सार्वजनिक भएको थियो । जहाँ उल्लेख थियो, ‘काला, एशियाली र अल्पसंख्यक आदिवासी पृठभूमीका तथा लेस्बियन, गे, बाइसेक्सुअल र ट्रान्सजेन्डर फ्यानहरुमाथि रुसमा आक्रमणको अतिरिक्त खतरा छ ।’

रुसमा हुने विश्वकपलाई असफल बनाउनका लागि बेलायतले लामो समयदेखि नै मिडियामार्फत प्रोपोगान्डा फैलाएको थियो र त्यही प्रोपोगान्डाको एउटा स्वरुप यस्तो भ्रामक समाचार थियो । विश्वकपका समूह चरणका खेलहरु चलिरहँदा इंग्लिस समर्थकहरुको संख्या निकै कम थियो । अझ, ट्युनिसिया विरुद्धको पहिलो खेलमा त निकै कम समर्थकमात्रै मैदानमा आएका थिए । इङ्ग्ल्याण्डले समर्थक नहुँदा राम्रो खेल्न नसकेको समेत भनियो । विगतका विश्वकप हेर्न जाने इंग्लिस समर्थकहरुको तुलनामा यसपटक समर्थकहरुको संख्या कम छ । उनीहरु आफ्नै स्वेच्छाले भन्दा पनि रुसका विषय बारेमा गरिएका अनेक आलोचना र फैलाइएका भ्रमका कारण नआएको रुसी अधिकारीहरु बताउँछन् । 

जति पनि समर्थकहरु रुस आएका छन् । उनीहरुमध्ये धेरैले आयोजकले निकै राम्रो आतिथ्यता गरेको भन्दै प्रशंशा गरेका छन् । यसरी प्रशंशा गर्नेमध्येका एक हुन् लण्डन टेलिग्राफका चिफ स्पोर्टसे फिचर राइटर, ओलिभर ब्राउन । ‘रुसले सडकमा पार्टी गरेर सबैलाई आश्चर्यमा परेको छ । रुसको सम्पन्न इतिहास  समर्थकहरुका लागि बलियो अनुभव बन्नेछ,’ उनले लेखेका छन्,‘कुनै समय यस्तो पनि डर थियो कि यो डरलाग्दो विश्वकप हुनेछ । रुसमा नकाबधारीहरुले इंग्लिस समर्थकहरुलाई डिस्टर्ब गर्छन् कि भन्ने डर थियो । ठीक उल्टो भयो ।’

उनले थपेका छन्, ‘रुसको पीडा र त्यागको इतिहासमा यो विश्वकप अमूल्य हुनेछ । प्रशिक्षक ग्यारेथ साउथगेटले पनि भोल्गोगार्ड जानुअघि फुटबलभन्दा अरु केही विषय विेशष रहने बताएका छन् र यो हामी सबैका लागि खुसीको विषय हो ।’

ओलिभर ब्राउनले यहाँ दोस्रो विश्वयुद्धको संझना गरेका हुन् । त्यतिबेला हिट्लरको जर्मनी र सोभियत युनियनबीच यस शहरमा ५ महिना १ हप्ता र ३ दिनसम्म भिडन्त भएको थियो । युद्धमा सर्वसाधारण तथा दुबैतर्फका सेना गरेर दश लाख बढीको मृत्यु भएको थियो र अन्त्यमा सोभियत युनियनले जर्मनीलाई परास्त गरेको थियो । नाजी सरकारले हारेको यो पहिलो युद्ध थियो । 

भोल्गोगार्डमै पहिलो खेल जितेर इङ्ग्ल्याण्डले विश्वकप यात्रा सुरु ग¥यो । इंग्लिसहरुले विश्वकपअघि रुसलाई रंगभेदी राष्ट्र त भने तर उच्छृंखलता र रंगभेद आफैंले देखाए । ट्युनिसिया विरुद्धको खेलमा केही इंग्लिस समर्थकहरुले बारमा उभिएर भोल्गोगार्डमा नाजी सलाम मारे । अन्य समुदायका व्यक्तिलाई होच्याउँदै आफू माथिल्लो भएको देखाउन खोजे । इंग्लिस समर्थकहरुको यो रवैया सुधार्न आवश्यक छ । अन्यथा इङ्ग्ल्याण्डले सधैं–सधैं पीडा व्यहोर्नेछ । 

अझ, इंङल्यान्डको सांस्कृतिक समस्या रक्सी खाएका बेला एक दुईजनाले ओकलेजस्तो सहज छैन । आज पनि गोराहरुले इङ्ग्ल्याण्डमा कालाहरुलाई मालिकको चश्मा लगाएर औपनिवेशवादी दासका रुपमा हेर्छन् । 

अर्बपती व्यापारी लर्ड सुगरले सेनेगलको टोलीलाई होच्याउँदै पोस्ट गरेको ट्वीट रेसिस्ट भएको भन्दै व्यापक विरोध भएपछि उनी आफैंले हटाउनु परेको थियो । इंग्लिस व्यापारी सुगरले उक्त ट्वीटमा ‘सेनेगलका खेलाडीहरुलाई मार्बेल्ला किनारमा चश्मा र ब्याग बेच्दै गर्दाको अवस्थामा भेटेको’ भन्दै खिल्ली उडाएका थिए । उक्त क्षेत्रमा अश्वेतहरुले व्यापार गर्ने गरेका कारण यी अर्बपतीले पनि सेनेगलका खेलाडीहरुलाई व्यापारीसँग तुलना गरेका थिए । विरोधपछि उनले ट्वीट हटाए । 

तर, इंलिस समर्थकहरुको मनस्थितीबाट यस्तो औपनिवेशवादी तथा नश्लीय सोच हटाउन सहज छैन ।  सुगरमाथि पनि यस्तो नश्लीय चिन्तन सार्वजनिक गरेबापत कुनै कारबाही भएको छैन । उनले बीबीसीमा समय लिएर कार्यक्रम सञ्चालन गर्ने गरेका छन् र त्यसमा यस ट्वीटले कुनै असर नै गरेको छैन । बीबीसीका प्रमुखहरुले पनि यस घटनाका विषयमा थाहा नभएजस्तो गरेका छन् । 

विश्वकप विश्लेषक तथा पूर्व इंग्लिस फुटबलर स्टान कोलेमोर यस्तो घटनामा बीबीसी पनि जाडिँदा नकारात्मक सन्देश जाने बताउँछन् । कोलीमोरले ‘के कुनै अश्वेतले यसरी नै इजरायलको फुटबल टिम र उनीहरुको भाषाको खिल्ली उडाउँदा यस्तो अवस्था हुन्छ भनेर प्रश्न राखेका छन् ? र, हुँदैन भनेर आफैं उत्तर पनि दिएका छन् ।

‘यस्तो अवस्थामा त त्यस्ता अश्वेतको खुट्टाले जमिन नै टेक्न पाउँदैन,’ उनले भनेका छन्, ‘बीबीसीले तत्काल उनलाई बर्खास्त गर्ने थियो र सबैले उनको विरोध गर्ने थिए ।’

तर, यो सेनेगलको टिमको विषयमा थियो । त्यसैले धेरै चर्चा गरिएन । ट्वीट डिलिट भएपछि अरु थप विषय उठान नै भएन । 

बेलायतमा रंगभेदको शिकार हुनेहरु धेरै छन् । तर, यो संख्या दबिएरै बस्छन् । उनीहरुले आफैं आफ्नो उपचार खोज्नेछन् । वास्तवमा यदी कुनै देशमा सबैभन्दा ठूलो सांस्कृतिक र नश्लीय समस्या कायम छ भने त्यो बेलायत नै हो । 

ब्रेक्जिटले यसलाई केही कम गरेको हुनसक्छ किनकी यो आप्रवासी विरोधीको विपक्षमा, नश्लीय चिन्तनको विपक्षमा र बेलायती उपनिवेशवादी सोचको विपक्षमा थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप