असोजमै फुल्यो ‘पलम’
बिहीबार, ३० असोज २०८२, ०३ : १२
सारांश
- दाङको छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ।
- स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोज १५ देखि फुल्न थालेको हो।
- वनस्पतिविज्ञका अनुसार जलवायु परिवर्तनका कारण यस्तो भएको हो।
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो ।
विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताए। “विगतमा फागुन/चैतमा फूल फुल्थ्यो । यसवर्ष भने असोजमै फुल्न थालेको छ”, उनले भने ।
यहाँ प्रायः सबै घरमा पलमका बोट छन् । तीमध्ये पुनले लगाएको फूल फुल्न थालेको हो । गएको वर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो । वनस्पतिविज्ञ खेमराज शर्मा यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताउँछन् । “तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ । हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ”, उनले भन्े ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण