अभिषेक र स्मृति ‘आईसीसी प्लेयर अफ द मन्थ’ घोषित
काठमाडौँ । भारतका युवा ओपनर अभिषेक शर्मा सेप्टेम्बर २०२५ का लागि आईसीसी पुरुष ‘प्लेयर अफ द मन्थ’ चुनिएका छन् ।
हालै सम्पन्न एसिया कप २०२५ मा अभिषेकले सात टी–२० अन्तर्राष्ट्रिय खेलमा ३१४ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले ’प्लेयर अफ द टुर्नामेन्ट’ को पुरस्कार पनि जितेका थिए ।
आईसीसी अवार्ड पाउनु आफ्ना लागि विशेष भएको र टिमलाई जिताउन योगदान दिएको खेलका लागि यो अवार्ड पाउँदा खुसी लागेको अभिषेकले बताए । एसिया कपमा भारतलाई सेमिफाइनलमा श्रीलङ्काविरुद्ध जिताउन पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
यसैगरी, भारतकै ओपनर स्मृति मन्धाना सेप्टेम्बर २०२५ का लागि आईसीसी महिला ‘प्लेयर अफ द मन्थ’ पुरस्कारबाट सम्मानित भएकी छिन् ।
भारतकी उप–कप्तान मन्धानालाई आईसीसी महिला क्रिकेट विश्वकप २०२५ अघि ब्याटबाट लगातार उत्कृष्ट प्रदर्शन गरेबापत यो सम्मान मिलेको हो ।
पाकिस्तानकी सिदरा अमीन र दक्षिण अफ्रिकाकी तजमिन ब्रिट्सलाई पछि पार्दै यो पुरस्कार जित्न पाउनु रोमाञ्चक अनुभव भएको मन्धानाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्दै, औषधि मूल्य समायोजनबारे निर्णय हुने
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण