इन्स्योर र अप्रेन्टिसीप कार्यक्रमका लागि १४ शिक्षालयसँग सम्झौता
मकवानपुर । बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालित दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) र औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसीप) कार्यक्रमका लागि १४ शिक्षालयसँग सम्झौता गरिएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत इन्स्योरको दोस्रो चरण र अप्रेन्टिसीप कार्यक्रमका लागि प्रदेशका १४ शिक्षालय र विद्यालयसँग शुक्रबार सम्झौता गरिएको हो ।
प्रदेश सरकारको स्रोतबाट गरी जम्मा तीन सय जनालाई २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम प्रदान गर्न १४ वटा शिक्षालय तथा शिक्षालयहरूसँग सम्झौता गरिएको हो ।
प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् बागमती प्रदेशको आर्थिक सहयोगमा सञ्चालन हुने उक्त तालिमका लागि छनोट भएका १४ वटा विद्यालय तथा शिक्षालयहरूसँग सम्झौता गरिएको हो ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन हुने यस कार्यक्रम अन्तर्गत २०० जनालाई इन्स्योरको दोस्रो चरण र अप्रेन्टिसीप तर्फ १०० जनालाई प्रदेश सरकारको स्रोतबाट तालिम प्रदान गरिने परिषद्का कार्यालय प्रमुख देव नारायण चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण