सम्पादकहरूसँग ओली
छानबिन समितिमा बयान दिन लुरुलुरु जान्नँ : ओली
आइतबार, ०२ कात्तिक २०८२, १५ : १५
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बनाएको छानबिन समितिमा बयानका लागि नजाने बताएका छन् ।
आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा सम्पादकहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले आफू गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा बयानका लागि नजाने बताएका हुन् ।
उनले भने, ‘कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन । यो हुन सक्दैन ।’उनले आफू लोकतन्त्रका लागि विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाका लागि निरन्तर लागिरहने समेत बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण