खेलकुद
एन्फा महासचिव राई निलम्बनमा
आइतबार, ०२ कात्तिक २०८२, १७ : ३९
काठमाडौँ । नेपाल फुटबल सङ्घका कार्यवाहक अध्यक्ष वीर बहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका छन् । खड्काले आइतबार राईलाई पदबाट निलम्बन गरेका हुन् ।
राइलाई सङ्घको साधारण सभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गर्दै सङ्घको विधान, विधि र पद्धति विपरीत फुटबल खेलको विकासमा नै दीर्घकालीन असर पार्ने गरी के कति आधारमा कसको निर्देशनमा कार्य गर्नु भएको हो ? भन्दै तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो ।
सोको जवाफ नदिएपछि अर्को कार्यसमिति बैठकसम्मका लागि राईलाई कार्यवाहक अध्यक्ष खड्काले निलम्बन गरेका हुन् ।
उक्त अवधिसम्मका लागि सङ्घका सहायक महासचिव दामोदर भट्टराईलाई कार्यवाहक महासचिवको कार्य गर्ने गरी जिम्मेवारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण