एन्फा कार्यवाहक अध्यक्ष खड्काले सोधे महासचिव राईलाई तीन दिने स्पष्टीकरण
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का कार्यवाहक अध्यक्ष वीर बहादुर खड्काले एन्फा महासचिव किरण राईलाई तीन दिने स्पष्टीकरण सोधेका छन् ।
संस्थाको गरिमामा आँच पुर्याउने, खेलाडीलाई मारमा पार्ने र संस्थाको निर्णयलाई चुनौती दिने कार्य गरेको भन्दै राईलाई खड्काले तीन दिने स्पष्टीकरण सोधेका हुन् ।
एन्फाले गत वैशाख २६ गते धुलिखेलमा सम्पन्न वार्षिक साधारण सभाले ‘डबल राउन्ड रोविन’ आधार लिग गर्न १० करोड ४६ लाख २२ हजार २६५ बजेट स्वीकृत गरेको थियो ।
महासचिव राईले मंगलबार पत्रकार सम्मेलन गर्दै लिग अर्कै ढाँचामा गर्ने बताएका थिए । सोही विषयमा कार्यवाहक अध्यक्ष खड्काले राईलाई स्पष्टीकरण सोधेका हुन् ।
सर्वोच्च निकायको निर्णयलाई परिवर्तन गरी सिंगो फुटबल संरचनालाई कसरी ध्वस्त पार्ने काम भयो? भन्दै प्रश्न समेत गरेका छन् ।
मंगलबार एन्फा कार्यसमितिलाई जानकारी नगराई ’होम एण्ड अवे’ लिग नहुने भनी गरिएको पत्रकार सम्मेलनले सिंगो नेपाली फुटबल समर्थक, खेलाडी, प्रशिक्षक, रेफ्री, सम्पूर्ण सरोकारवालाहरू र अन्तर्राष्ट्रिय स्तरमा समेत बदनाम हुने गरी धारणा सार्वजनिक भएको भन्दै खड्काले असन्तुष्टि जनाएका छन् ।
तोकिएको समयावधिभित्र स्पष्टीकरण प्राप्त नभएमा नियमानुसार कारबाही अगाडि बढाइने चेतावनी समेत दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण