राजनीतिक न्यायको आन्दोलनमा पर्यावरणको पराजय नहोस्
सारांश
- २०२५ मा सामाजिक सञ्जालमा कर लगाउने निर्णयको विरोधमा युवाहरूले आन्दोलन गरे।
- आन्दोलनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा १९ जनाको मृत्यु भयो र वातावरणमा पनि असर गर्यो।
- जलवायु परिवर्तन र आन्दोलनले नेपालमा तापक्रम वृद्धि, कृषि र स्वास्थ्यमा असर पारेको छ।
- पृष्ठभूमि
गत भदौ २३ गते अर्थात् ग्रेगोरियन क्यालेन्डर अनुसार ८ सेप्टेम्बर, २०२५ मा नेपालको राजनीतिक आकाशमा एउटा आक्रोशको बादल मडारियो । सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने निर्णय कार्यान्वयन गर्ने मिति तोकेको थियो । केही संस्थाले दर्ता नगरेपछि ती प्लेटफर्म नेपालभित्र अस्थायी रूपमा बन्द गरिए । यस कदमले युवापुस्तामा गहिरो असन्तोष पैदा गर्यो । किनकि सामाजिक सञ्जाल आजको पुस्ताका लागि केवल मनोरञ्जनको साधन मात्र होइन, आत्म अभिव्यक्तिको माध्यम, व्यावसायिक अवसरको प्लेटफर्म र राजनीतिक सहभागिताको उपकरण बनेको छ ।
यस्तो अवस्थामा, नेपाली समाजमा जरा गाडेर बसेको भ्रष्टाचार, नातावाद र झोले प्रवृत्तिविरुद्ध आक्रोश पनि सतहमा आउन थालिसकेको थियो । लामो समयदेखि देखिएका आर्थिक अनियमितता, सार्वजनिक पदको दुरुपयोग र न्यायपालिकादेखि कार्यपालिकासम्म छाएका बेथितिप्रति असन्तुष्टि युवापुस्ताको चेतनामा बिस्तारै विस्फोट भएर प्रकट हुन थालेको थियो ।
त्यसपछि देशव्यापी रूपमा आन्दोलन सुरु भयो– नेतृत्वमा थिए जेनजी अर्थात् सन् १९९७ देखि २०१२ का बिच जन्मेका युवाहरू । उनीहरू न्याय, पारदर्शिता र उत्तरदायित्वको मागसहित सडकमा उत्रिएका थिए । राजधानी उपत्यकाका गल्लीहरूमा भिड जम्मा हुन थाल्यो । त्यसपछि ब्यानरहरू फहरिए, नारा गुञ्जिए, सडकमा हजारौँ विद्यार्थीका पाइला चलमलाउन थाले ।
यसको अर्को नदेखिएको पाटो पनि थियो– वातावरणीय प्रभाव । आन्दोलनमा हजारौँ टायर जले, ब्यानर जले । प्लास्टिकका बोतल, डिस्पोजेबल प्लेट र अन्य सामग्री सडकमा फ्याँकिए ।
ती नारा केवल शब्द थिएनन्, युवा पुस्ताको अव्यक्त पीडाको स्पष्ट आवाज थियो । उनीहरूले केवल राजनीतिक दमनविरुद्ध मात्र होइन, समग्र प्रणालीगत अन्यायविरुद्ध अडान लिएका थिए । सरकारको प्रतिक्रिया कडा आयो । भिड नियन्त्रणका नाममा सुरक्षाकर्मी परिचालन गरियो । शान्तिपूर्ण प्रदर्शन हिंस्रक द्वन्द्वमा परिणत भयो । एकै दिनमा गोली लागेर १९ जना युवाको मृत्यु भयो । आलेख तयार पर्दासम्म कम्तीमा ७२ जनाले ज्यान गुमाए । (ज्यान गुमाउनेमा ५९ प्रदर्शनकारी, १० कैदी र तीन प्रहरी छन् ।)
१९ जना युवाको मृत्यु भएसँगै भदौ २४ गते काठमाडौँ रणभूमिमा परिणत भयो । आगजनी, तोडफोड, लुटपाटले उपत्यकामात्र होइन, पोखरा, हेटौँडा, बुटवलजस्ता सहरहरूलाई समेत आन्दोलनको ज्वालाका अघिल्तिर उभ्याइदियो । सरकारी कार्यालयहरू जलाइए, निजी कम्पनीमा तोडफोड भयो, नेता–मन्त्रीका निवासमा आक्रमण भए । विद्रोहले केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेसको दुई तिहाइको सत्तालाई बिराम लगाइदियो ।
तर यसको अर्को नदेखिएको पाटो पनि थियो– वातावरणीय प्रभाव । आन्दोलनमा हजारौँ टायर जले, ब्यानर जले । प्लास्टिकका बोतल, डिस्पोजेबल प्लेट र अन्य सामग्री सडकमा फ्याँकिए । धेरै ठाउँमा आन्दोलनकारीले प्रतिरोधको प्रतीकस्वरूप आगो सल्काए । परिणामस्वरूप, काठमाडौँ उपत्यकाका र देशका धेरै सांस्कृतिक धरोहरसमेत भग्नावशेषमा परिणत भए । धुवाँले आकाश ढाक्यो, धुलोले गल्ली–चोक अन्धकारमा डुबायो ।
प्रतिरोध र क्रान्तिको ज्वालासँगै फोहोर, प्रदूषण र जलिरहेको टायरको गन्धले जनजीवन विषाक्त बनायो । यसरी राजनीतिक आन्दोलन र वातावरणीय सङ्कट एकैसाथ उभिँदा नेपाली समाज दोहोरो चुनौतीको सामना गर्न बाध्य भयो । यो आन्दोलन धार्मिक र सांस्कृतिक दृष्टिले अति संवेदनशील समयमा भएको थियो । एकातिर दसैँको तयारी, अर्कोतिर पितृहरूको सम्झनामा सोह्रश्राद्ध चलिरहेको थियो । यसबिच युवाहरूको आन्दोलनले समाजलाई दुवै दिशाबाट झकझकायो– एकातर्फ धार्मिक कर्तव्य, अर्कोतर्फ राजनीतिक जिम्मेवारी ।
हामीले नेपालको आकाशमा सन् १९८५ देखि २०२५ सम्म सेप्टेम्बर महिनाको सतही तापक्रमको अवलोकन गरेका छौँ भने जेनजी आन्दोलन भएको हप्ताको विशेषगरी सेप्टेम्बर ७ देखि १३ सम्मको पनि तापक्रम अवलोकन गरेका छौँ ।
यसरी नेपाली समाजले एउटै समय पितृको श्रद्धा, दसैँको उत्सवको माहौल र नयाँ पुस्ताको विद्रोह एकसाथ अनुभव गर्यो । इतिहासका पानामा थप एक पाना क्रान्तिको पक्षमा थपियो । र, यस ऐतिहासिक घटनालाई हामीले केवल राजनीतिक दृष्टिले मात्र होइन, यसको वातावरणीय र जलवायुगत प्रभावका दृष्टिले पनि विश्लेषण गर्नुपर्ने आवश्यकता छ ।
यसै सन्दर्भमा, हामीले नेपालको आकाशमा सन् १९८५ देखि २०२५ सम्म सेप्टेम्बर महिनाको सतही तापक्रमको अवलोकन गरेका छौँ भने जेनजी आन्दोलन भएको हप्ताको विशेषगरी सेप्टेम्बर ७ देखि १३ सम्मको पनि तापक्रम अवलोकन गरेका छौँ ।
यस अध्ययनका लागि इआरए–५ डेटासेट प्रयोग गरिएको छ । इआरए–५, युरोपियन सेन्टर फर मिडियम–रेन्ज वेदर फोरकास्ट (इसीएमडब्ल्युएफ) द्वारा प्रकाशित गरिएको पुनःविश्लेषणीय मौसम तथा जलवायु डाटा हो, जसले सन् १९५० देखि हालसम्मको मौसमको पुनःनिर्माण गर्छ । विश्लेषणमा प्रयोग गरिएको चर २ मिटरमाथिको सतही तापक्रम (टी२एम) हो । समय सीमा १९८५ देखि २०२५ सम्मको ४० वर्ष, सेप्टेम्बर महिनाको दोस्रो हप्ता (७ देखि १३) र स्थान सीमा नेपालका अक्षांश (२६ सेन्टिग्रेट–३१ सेन्टिग्रेट एन) र देशान्तर (८० सेन्टिग्रेट–८९ सेन्टिग्रेट ई) सम्म सीमित गरिएको हो । तापक्रमको समय–शृङ्खला विश्लेषण गरेर वार्षिक औसत तापक्रम निकालिएको छ ।
- समय–शृङ्खला विश्लेषण
तलको चित्रले सन् १९८५ देखि सन् २०२५ सम्मको न्यूनतम औसत तापक्रमको प्रवृत्ति देखाउँछ । चित्रले सन् १९८५को दशकमा तापक्रम प्रायः नकारात्मक (शून्य सेन्टिग्रेट भन्दा तल) रहन्थ्यो भन्ने स्पष्ट देखाउँछ । तर सन् १९९०को दशकपछि क्रमिक रूपमा सकारात्मक अर्थात् प्लस क्षेत्रमा पुग्दै गएको छ । सन् २००० को दशकमा केही उतार–चढाव भएता पनि औसत बढ्दै गएको देखिन्छ । सन् २०१०को दशकमा तुलनात्मक स्थिर वृद्धि छ भने सन् २०२०को दशकमा अचानक तीव्र वृद्धि भएको देखाउँछ ।
सन् २०२३मा औसत तापक्रम करिब १.२८ सेन्टिग्रेट, सन् २०२४मा २.१० सेन्टिग्रेट र सन् २०२५मा १.२२ सेन्टिग्रेटले बढेर ३.२२ सेन्टिग्रेट भएको देखिन्छ । यस अध्ययनले के देखाउँछ भने नेपालमा तापक्रम वृद्धिको दर हाल तीव्र गतिमा छ । साथै, यसले आन्दोलनका क्रममा देशभर जलाइएका जथाभावी आगोहरूले स्थानीय सतही तापक्रममा अस्थायी वृद्धि ल्याएको तर्फ संकेत गरेको छ । यस प्रकार, राजनीतिक गतिविधिको सामाजिक–सांस्कृतिक प्रभावसँगै वातावरणीय र जलवायुगत प्रभावलाई पनि मूल्याङ्कन गर्नु आवश्यक छ ।

- स्थानिक वितरण विश्लेषण
६ वटा प्रमुख वर्षका लागि नेपालभरको स्थानिक तापक्रम वितरण देखाउने प्रयास तलको चित्रमा गरेका छौँ । सन् १९८५ मा देशको अधिकांश भाग हल्का न्यानो देखिन्छ, हिमाली क्षेत्र चिसो रहँदा तराई भाग अपेक्षाकृत तातो थियो । २००५ र २०१५ मा चिसो (निलो) र तातो (रातो) भागबिचको विभाजन अझ स्पष्ट बनेको छ । २०२० मा तराईमा २५–३० डिग्री सेन्टिग्रेडसम्म पुग्ने तापक्रम देखिएको छ भने हिमालमा पनि अघिल्ला दशकभन्दा न्यानोपन बढेको छ । २०२४ र २०२५ मा तराईमा तापक्रम ३० डिग्री सेन्टिग्रेड नजिक पुग्ने र हिमालमा पनि १५ डिग्री सेन्टिग्रेडसम्म पुग्ने संकेत देखिन्छ । यसले जलवायु परिवर्तनको असर नेपालभरि असमान भए पनि सबै क्षेत्रमा फैलिएको देखिन्छ ।

तापक्रम वृद्धिको दीर्घकालीन असरलाई नेपालका विभिन्न क्षेत्रमा देखिन्छ जस्तै: कृषि क्षेत्रमा प्रभाव: धान, मकै, गहुँ जस्ता मौसमी बालीको उत्पादनमा कमी आउन सक्छ । उच्च तापक्रमले माटोको चिस्यान घटाउँछ र बालीमा किरा–फट्याङ्ग्रा बढाउँछ, जलस्रोतमा प्रभाव: हिमालमा हिउँ छिटो पग्लिन सक्छ, जसले नदीहरूमा हिउँ–पानी बढाउने तर दीर्घकालीन रूपमा जलस्रोत घटाउने सम्भावना छ । तराईमा भूमिगत जलस्तर झन् तल जान सक्छ, स्वास्थ्यमा प्रभाव: गर्मीजन्य रोग, निर्जलीकरण बढ्न सक्छ । साथै, मलेरिया र डेंगुजस्ता भेक्टर–जन्य रोगहरू नयाँ उचाइसम्म फैलिन सक्छन्, जैविक विविधता: हिमाली क्षेत्रमा पाइने दुर्लभ वनस्पति–जनावर जोखिममा पर्न सक्छन् । तराईका वनस्पति प्रजातिहरू चिसो क्षेत्रतर्फ सर्न बाध्य हुन सक्छन् । सामाजिक र राजनीतिक प्रभाव: तापक्रम वृद्धिले वातावरणजन्य प्रवास बढ्न सक्छ र यसले ग्रामीण–सहरी जनसङ्ख्या चाप बढाउनेछ र सामाजिक असन्तुलन निम्त्याउन सक्छ । साथै, पर्यावरणीय न्यायको माग गर्दै आन्दोलन गर्ने सम्भावना बढ्न सक्छ ।
- निष्कर्ष
पछिल्ला केही वर्षका प्रमुख आन्दोलनहरूको समीक्षा गर्दा राजनीतिक विश्लेषकहरूले आन्दोलनको रणनीति, नेतृत्वको भूमिका, नारा र जनसहभागितामा केन्द्रित भएर विस्तृत समीक्षा गरेका छन् तर आन्दोलनका क्रममा त्यसले हाम्रो पर्यावरणमा पारेको असरबारे मूल्याङ्कन हुन सकेको छैन ।
उदाहरणका लागि २०६२/६३ को जनआन्दोलनदेखि हालको जेनजी आन्दोलनसम्म धेरै अनुसन्धान रिपोर्ट र थेसिसहरूले आन्दोलनका राजनीतिक प्रभावहरूमा ध्यान दिएका छन् । साथै, सरकारी निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूले आर्थिक क्षति, तोडफोड, आगजनी, र सार्वजनिक सम्पत्तिमा परेको भारबारे तथ्याङ्क सार्वजनिक गरेका छन् ।
सन् २०२३–०२५ सम्मको तीव्र वृद्धिले के देखाउँछ भने जलवायु परिवर्तन अब दीर्घकालीन मात्र नभई तत्कालीन सङ्कटको रूपमा पनि प्रकट भएको छ ।
तर, आन्दोलनमा पर्यावरणको क्षति वा प्रभावबारे विस्तृत अध्ययन साह्रै न्यून र सीमित छन् । यो आलेखमा हामीले यसै विषयलाई केन्द्रमा राखेर चर्चा गर्ने प्रयास गरेका हौँ ।
हामीले गरेको यो अध्ययनले स्पष्ट रूपमा के देखाएको छ भने नेपालमा जेनजी आन्दोलनका क्रममा सेप्टेम्बर ७–१३ अवधिमा सतही तापक्रम पछिल्ला ४० वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ । आन्दोलनका क्रममा औसत न्यूनतम तापक्रम करिब १.१२ सेन्टिग्रेडले बढेको छ । तराईमा तापक्रम वृद्धिको दर सबैभन्दा तीव्र छ, हिमालमा मध्यम भए पनि उल्लेख्य वृद्धि भएको छ ।
सन् २०२३–०२५ सम्मको तीव्र वृद्धिले के देखाउँछ भने जलवायु परिवर्तन अब दीर्घकालीन मात्र नभई तत्कालीन सङ्कटको रूपमा पनि प्रकट भएको छ ।
आन्दोलन सामाजिक परिवर्तनको उपकरण हो, तर परिवर्तनले प्रकृतिलाई नष्ट गर्दै जाने हो भने दीर्घकालीन मूल्य हामी सबैले तिर्नुपर्छ । हामी परिवर्तन चाहन्छौँ, आवाज उठाउन चाहन्छौँ । तर त्यो आवाजले प्रकृतिलाई नै चित्कार गर्नुपर्ने ठाउँमा पुर्याई दियो भने के हुनेछ ?
त्यसैले, यस्ता आन्दोलनहरूलाई अझ सचेत र व्यवस्थित बनाउनु आवश्यक छ । त्यसका लागि गर्न सकिने केही कामहरू जस्तै: फोहोर व्यवस्थापन, आयोजक र प्रशासनले सुनिश्चित गर्नुपर्छ, प्लास्टिकसामग्रीको नियन्त्रण र कार्बन उत्सर्जन गर्ने सामग्रीहरूको न्यूनीकरण साथै उक्त सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाउनु पर्छ । पूर्वाधार विकास: पुनः प्रयोग गर्न मिल्ने ब्यानर, पानीका स्टेसन, मोबाइल शौचालय जस्ता सुविधा उपलब्ध गराउनु पर्छ ।
निजी सवारीको सट्टा सार्वजनिक सवारी प्रयोग गर्नु पर्यो, जसले ट्राफिक कम गर्छ र वातावरण संरक्षणमा सहयोग पुर्याउँछ । सार्वजनिक शिक्षा: जनतालाई वातावरणीय सचेतनामा जागरूक बनाउनु पर्छ ।
सन्तुलनको खोजीमा—एकातिर जनताको आवाज, अर्कोतिर प्रकृतिको चिच्याहट । हामी राजनीतिक न्यायको लडाइँ जित्न चाहन्छौँ भने त्यो जितमा पर्यावरणको पराजय नहोस् । राजनीतिक अधिकारको आवाज उठाउने सडक प्रदूषणले ढाकिन्छ भने त्यो प्रदूषणका कारण त्यो पनि दब्न सक्छ ।
नेपालको भविष्य केवल राजनीतिक परिवर्तनमा मात्र होइन, वातावरणीय संवेदनशीलतामा पनि आधारित छ । यसका निम्ति ताप–सहनशील बाली विकास, जल–सञ्चय प्रविधि, हरितगृह ग्यास उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जामा लगानी बढाउने, वातावरणीय नीति बलियो बनाउने, जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय तहमा आवाज बुलन्द गर्ने र युवापुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्दै वातावरणीय शिक्षा र आन्दोलनलाई बलियो बनाउने कार्यमा सम्बन्धित सबैले आ–आफ्नो ठाउँबाट असल भूमिका निर्वाह गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण