दुर्घटना
रुकुमपश्चिममा जीप दुर्घटना अपडेट : मृतक ७ मध्ये ६ जनाकाे सनाखत
शुक्रबार, ०७ कात्तिक २०८२, २० : २७
रुकुम पश्चिम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको परिचय खुलेको छ ।
मृत्यु हुनेमा रूकुमपश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका छन् ।
प्रहरीका अनुसार मृतक एक जना महिलाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेहरूको परिचय खुलेको छैन ।
घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ । जीप सडकदेखि ७०० मिटर तल खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण