आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

इन्दौरमा अस्ट्रेलियाली महिला क्रिकेटरमाथि यौन दुर्व्यवहार

शनिबार, ०८ कात्तिक २०८२, १३ : ११
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • इन्दौरमा महिला क्रिकेट विश्वकप खेल्न आएका अस्ट्रेलियाली टिमका दुई खेलाडीमाथि यौन दुर्व्यवहार भयो।
  • खजराना रोडस्थित रेडिसन ब्लू होटल नजिकै बाइकमा आएका एक युवकले खेलाडीलाई अभद्र व्यवहार गरे।
  • घटनापछि दुवै खेलाडीले सुरक्षा अधिकारीलाई खबर गरेपछि प्रहरीले एफआईआर दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

इन्दौर । भारतको इन्दौर सहरमा आयोजित आईसीसी महिला क्रिकेट विश्वकपमा सहभागी हुन आएका अस्ट्रेलियाली टोलीका दुई खेलाडी यौन दुर्व्यवहारको शिकार भएका छन्। अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका ती दुई महिला क्रिकेटरलाई बाइकमा आएका एक युवकले पिछा गर्दै अभद्र व्यवहार गर्नुका साथै गलत तरिकाले छोएका थिए।

घटना इन्दौरको खजराना रोडस्थित रेडिसन ब्लू होटल नजिकै बिहीबार बिहान ११ बजेतिर भएको हो। दुवै खेलाडी पैदल हिँडेर एक क्याफे (द नेबरहुड) तिर जाँदै थिए। सेतो सर्ट र कालो क्याप लगाएको बाइक सवार एक युवकले उनीहरूको पिछा गर्दै एक्कासि नजिक आएर एक खेलाडीलाई गलत तरिकाले छोएको थियो।

घटनापछि दुवै खेलाडी डराए र तत्काल अस्ट्रेलियाली टिमका सुरक्षा अधिकारी ड्यानी सिमन्सलाई खबर गरे। खेलाडीहरू असहज अवस्थामा रहेको देखेर नजिकैका एक कार सवार व्यक्तिले उनीहरूको सहयोग गरे र प्रहरी अधिकारीहरूलाई फोन गरेर घटनाबारे जानकारी दिए।

विदेशी खेलाडीमाथि भएको यो घटनापछि भारत र अस्ट्रेलिया दुवै देशका अधिकारीहरू स्तब्ध भएका छन्। सुरक्षा अधिकारी ड्यानी सिमन्सको उजुरीका आधारमा एमआईजी प्रहरीले शुक्रबार एफआईआर दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप