रौतहटमा शंकर साह हत्या प्रकरणमा प्रहरीमाथि हत्यारा जोगाउने आरोप
सारांश
- रौतहटमा शंकर साहको हत्या भएको १५ दिन बितिसक्दा पनि प्रहरीले हत्यारालाई पक्राउ नगरेको गुनासो मृतक परिवारको छ।
- मृतकका छोराले स्थानीय प्रहरीले हत्यारालाई जोगाउन खोजेको आरोप लगाएका छन् र न्यायको माग गरेका छन्।
- आजपाका अध्यक्ष प्रभु साहले हत्यारालाई कानुनी दायरामा ल्याउन गृह प्रशासनको ध्यानाकर्षण गराएका छन्।
रौतहट । रौतहटको फतुवाबिजयपुर–२ सितलपुर निवासी शंकर साहको हत्या भएको १५ दिन बितिसक्दा पनि प्रहरीले हत्यारालाई कारबाही नगरेको भन्दै मृतक परिवारले गुनासो गरेका छन् ।
मृतकका छोरा सन्तोष साहले फतुवाबिजयपुर इलाका प्रहरीले हत्यारालाई जोगाउने प्रयास गरेको आरोप लगाए । उनले हत्यामा स्थानीय हरिदेव राय यादव, कपिलदेव राय यादव, ब्रह्मदेव राय यादव, सरेश राय यादव, अरबिन्दकुमार यादव र रितेशकुमार यादव संलग्न रहेको दाबी गरे ।
‘हामीलाई अरु केही होइन, न्याय चाहिएको हो,’ साहले भने, ‘तर प्रहरी प्रमुख स्वयं हत्यारालाई जोगाउने खेलमा लागेका छन् ।’
पीडित परिवारले प्रहरी प्रशासनले घटनाको निष्पक्ष अनुसन्धान नगरी हत्याराकै पक्ष लिएको आरोप लगाउँदै पत्रकार र समाजसँग न्यायको गुहार मागेका छन् ।
यसैबीच, आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले हत्यारालाई कानूनी दायरामा ल्याउन गृह प्रशासनको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले प्रहरी अधिकारी सुरेन्द्र यादवमाथि लागेको आरोपको छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण