‘ट्रेडिसनल आर्चरी’ मा नेपाल सहभागी
सारांश
- चीनको लिजियाङमा भएको आर्चरी प्रतियोगितामा नेपालको सहभागिता रह्यो।
- प्रतियोगितामा नेपालसहित हङ्गेरी, थाइल्यान्ड र म्यान्माका खेलाडीको उपस्थिति थियो।
- नेपालले परम्परागत आर्चरी खेलको विकासका लागि युनान विश्वविद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय ‘ट्रेडिसनल आर्चरी’ आमन्त्रण प्रतियोगिता तथा दशौँ ‘जेन्झी कप’ आर्चरी आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ ।
प्रतियोगितामा हङ्गेरी, थाइल्यान्ड, म्यान्मा र नेपालका साथै चीनका ग्वाङ्डोङ, सान्डोङ, छोङछिङ, आनहुइ, छिङहाइ, थियानजीन, हङकङ र युनान प्रान्तका खुनमिङ, क्विजिङ, फुमिन, दाली, लिजियाङ, शाङ्ग्रिलालगायत स्थानबाट १६० खेलाडी सहभागी भएका काठमाडौं जेन्झी ट्रेडिसनल आर्चरीले जनाएको छ ।
नेपालबाट काठमाडौँ जेन्झी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट सङ्घका सचिव राजीव महर्जन सहभागी भएका थिए । नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न स्पोर्ट इन्स्टिच्युट अफ युनान
विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र खुन्मिङ जेन्झी आर्चरी क्लबले सहकार्य गर्ने प्रतिबद्धता जनाएका सचिव महर्जनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण