निर्वाचन सफल पार्न सरकार प्रतिबद्धताका साथ लागेको छ : सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि परेको बताएका छन् ।
ललितपुरको इमाडोलस्थित (इभी दह) बोजेपोखरीमा छठ पूजा व्यवस्थापन समाजले सोमबार आयोजना गरेको छठ पूजामा कार्यक्रममा मन्त्री खरेलले निर्वाचन सफल बनाउन र मुलुकमा सुशासन कायम तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
सञ्चारमन्त्री खरेलले भने,“अहिलेको सरकार खासगरी निर्वाचन गर्ने सन्दर्भमा, सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने तथा जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षतिको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको छ ।”
मन्त्री खरेलले छठ पर्व सम्पूर्ण नेपालीहरूको राष्ट्रिय गौरव र आत्मीयताको पर्व रहेको उल्लेख गरे । “छठ तराई–मधेसवासीको मात्रै पर्व रहेन । यो सम्पूर्ण नेपालीहरूको राष्ट्रिय गौरव, आत्मीयताको पर्व र पवित्रताको प्रतीक पनि रहेको छ । यस पर्वको उपलक्षमा म सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । छठिया माताले देशमा सुख, शान्ति र समृद्धिको लागि हामीलाई आशीर्वाद प्रदान गर्नुहुनेछ भन्ने कामना पनि गर्दछु”, उनले भने ।
सञ्चारमन्त्री खरेलले महालक्ष्मी नगरपालिकालाई अझै सुन्दर, व्यवस्थित र समृद्ध बनाउन बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।
उनले अगाडि थपे,“आज बोजेपोखरी सुन्दर र शान्त भएकाले हामी तमाम नगरवासीहरू जम्मा भएर छठ पर्व मनाइरहेका छौँ, यसलाई अझै हर्षोल्लासका साथ मनाउनका लागि सबैमा अनुरोध गर्न चाहन्छु ।”
मन्त्री खरेलले आज साँझ बोजेपोखरीमा आयोजित छठ पूजामा सहभागी भई छठी माताको दर्शन गर्नुका साथै पूजा आराधना गरे । साथै उनले छठ पूजा कार्यक्रमको अवलोकनसमेत गर्नुभयो । सञ्चारमन्त्रीलाई छठ पूजा व्यवस्थापन समाजका पदाधिकारी र स्थानीयले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण