भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
सारांश
- भेनेजुएलामा गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या बढेर ५८९ पुगेको छ ।
- यस विपत्तिमा हालसम्म २ हजार ९८० जना घाइते भएका छन् ।
- गत बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठुला भूकम्प गएका थिए ।
काठमाडौँ । भेनेजुएलामा गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या बढेर ५ सय ८९ पुगेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार यस विपत्तिमा हालसम्म २ हजार ९ सय ८० जना घाइते भएका छन् ।
यसअघि स्वास्थ्य मन्त्रालयद्वारा जारी आधिकारिक विवरणमा २ सय ३५ जनाको मृत्यु भएको र ४ हजार ३ सय जना घाइते भएको पुष्टि गरिएको थियो ।
गत बुधबार भेनेजुएलामा भूकम्पका दुई वटा ठुला धक्का महसुस गरिएका थिए । पहिलो धक्का ७.२ म्याग्निच्युडको थियो भने त्यसको लगत्तै ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।
भूकम्पपछि उद्धार तथा राहत टोलीले भग्नावशेषमा फसेका मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न निरन्तर अभियान चलाइरहेका छन् । राजधानी काराकास र ला ग्वेइरामा भत्किएका भवनहरूको भग्नावशेषमुनिबाट मानिसहरूलाई निकाल्ने कार्य अझै जारी छ ।
यसैबिच, देशका विभिन्न क्षेत्रहरूमा ठुलो सङ्ख्यामा मानिसहरू बेपत्ता भएको विवरण प्राप्त भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण