बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

एरिका गुरुङ नगद एक लाखसहित सम्मानित

मङ्गलबार, ११ कात्तिक २०८२, १५ : ४८
मङ्गलबार, ११ कात्तिक २०८२

काठमाडौँ । नेपाल सितोरियो कराँते सङ्घले मलेसियामा सम्पन्न डब्लुकेएफ कराँते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ ।

त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा मङ्गलबार सितोरियो सङ्घले पत्रकार सम्मेलनमार्फत गर्दै अन्तर्राष्ट्रिय पदक विजेता एरिकालाई नगदसहित सम्मान गरेको हो । 

नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामा, महासङ्घका उपाध्यक्षद्वय देव लामा र मझेन्द्र सिंह र महासङ्घका महासचिव दावा लामाले एरिकालाई नगद एक लाख र उनका प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार सम्मानपत्रसहित सम्मान गर्‍यो । 

एरिकाले मलेसियामा भएको डब्लुकेएफ कराँते सिरिज वानमा ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् । नेपालले पहिलोपल्ट सिरिज वान पदक जितेको हो ।

सो अवसरमा सङ्घले इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपमा छनोट भएकी सानुमाया थिङ र प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाई पनि खादा लगाएर सम्मान गरिएको थियो । 

कार्यक्रममा नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामाले भविष्यमा पनि अन्तर्राष्ट्रिय पदक ल्याइरहने वातावरण सिर्जना गर्न प्रशिक्षकहरूले आफूलाई अपडेट गर्दै लैजानुपर्ने बताए । 

पुरानै स्थितिबाट आफूलाई तयार गरेर प्रतियोगितामा प्रतिस्पर्धा गर्ने हो पदक ल्याउन सहज नहुने लामाले धारणा राखे । 

प्रशिक्षक कुशल श्रेष्ठले खेलाडीको सफलतामा सम्मानले उनीहरूमा ठुलो प्रोत्साहन मिल्ने बताए । एरिकाले सबै नकारात्मक पक्ष बिर्सिएर आगामी विश्व च्याम्पियनसिपको लागि तयार रहेको बताइन् । 

विश्व कराँतेमा नेपालप्रति पनि राम्रो छाप बस्दै गएको एरिकाले उल्लेख गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप