बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

तीव्र गतिका बलर भिभियन किंग्मा तीन महिना प्रतिबन्धमा

मङ्गलबार, ११ कात्तिक २०८२, १६ : ५८
मङ्गलबार, ११ कात्तिक २०८२

काठमाडौँ । नेदरल्यान्ड्सका तीव्र गतिका बलर भिभियन किंग्मालाई मनोरञ्जनका लागि प्रयोग गरिने लागूपदार्थ सेवन गरेको आरोपमा तीन महिनाका लागि प्रतिबन्ध लगाइएको छ ।

३० वर्षीय किंग्माले उक्त अपराध स्वीकार गर्दै उक्त पदार्थ प्रतियोगिता बाहिर सेवन गरिएको प्रमाणित गरेका छन् ।

मे १२ मा उट्रेचमा भएको नेदरल्यान्ड्स र संयुक्त अरब इमिरेट्सबिचको आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको एक दिवसीय खेलपछि लिइएको उनको नमुनामा बेन्जोइलेकगोनिन नामक पदार्थ फेला परेको थियो ।

यो कोकिनको मेटाबोलाइट हो र आईसीसी एन्टी–डोपिङ कोड अन्तर्गत ‘दुरुपयोग गरिने पदार्थ’ को रूपमा वर्गीकृत गरिएको छ । 

यो प्रतिबन्ध अगस्ट १५ देखि लागू हुनेछ । यदि उनले आईसीसी–अनुमोदित उपचार कार्यक्रम सन्तोषजनक रूपमा पूरा गरेमा यो तीन महिनाको प्रतिबन्धलाई एक महिनामा घटाउन सकिनेछ ।

प्रतिबन्धका साथै किंग्माले यूएई विरुद्धको एक दिवसीय खेलयता खेलेका सबै खेलका रेकर्डहरू अयोग्य घोषित गरिएका छन् । 

यसमा नेपाल र स्कटल्याण्ड विरुद्धका दुई एक दिवसीय खेलहरू समावेश छन्, जसमा उनले कुल १२२ रन खर्चेर २ विकेट लिएका थिए । यसबाहेक, स्कटल्याण्ड विरुद्धको एक न्टी–२० खेल पनि अयोग्य घोषित भएको छ, जसमा उनले तीन बल मात्र फालेर हटाइएका थिए ।

पछिल्लो १२ महिनामा दक्षिण अफ्रिकाका कागिसो रबाडा र न्युजिल्याण्डका डग ब्रेसवेल दुवैले मनोरञ्जनका लागि प्रयोग गरिने लागूपदार्थ सेवन गरेकोमा प्रतिबन्ध भोगेका छन् ।

किंग्माको मामलामा जस्तै, दुवै प्रतिबन्धहरू सुरुमा तीन महिनाका लागि थिए तर खेलाडीहरूले उपचार कार्यक्रम पूरा गरेपछि एक महिनामा घटाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप