सुनकाे सिक्री लुटपाटमा संलग्न आराेपमा ५ जना पक्राउ
काठमाडाैँ । सुनकाे सिक्री लुटपाटमा संलग्न आराेपमा ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
उपत्यकाका विभिन्न स्थानहरूमा सुनको सिक्री चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न आराेपमा ५ जनालाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेकाे हाे ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूर मुद्दामा ८ दिन म्याद थप भई अनुसन्धन भइरहेकाे जिल्ला प्रहरी परिसर काठमाडाैँका सूचना अधिकारी एसपी पवन भट्टराईले बताए ।
सिक्री लुटपाट र किनबेचमा संलग्न मानिसहरू
१. जिल्ला सिन्धुली, हरिहरगढी गाउँपालिका ६ घर भइ जिल्ला भक्तपुर, सूर्यविनायक नगरपालिका ५ स्थित तिनधारेमा डेरा कोठा बस्ने वर्ष २८ को राज लामा (सिक्री तान्दा मो.सा. चलाउने व्यक्ति)
२. जिल्ला उदयपुर, ताप्ले गाउँपालिका ४ घर भइ जिल्ला भक्तपुर, बस्ने वर्ष २० को विशाल भन्ने दुर्ग बहादुर मगर (मो.सा. को पछाडि बसि सिक्री तान्ने व्यक्ति)
३. जिल्ला रामेछाप, लिखु तामाकोसी गाउँपालिका ६ घर भइ जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिका २ सल्लाघारीमा श्री लक्ष्मी ज्वलर्स सञ्चालन गर्ने वर्ष ३२ को दिल बहादुर बि.क. (लुटिएको सिक्री बिक्री गरी दिने व्यक्ति)
४. जिल्ला बागलुङ, गल्कोट नगरपालिका २ घर भइ जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिका ६ सरस्वती नगरमा रहेको
५.बागलुङ कालिका ज्वेलर्सका सञ्चालक वर्ष ४० को गोबिन्द सुनार (लुटिएको समान किन्ने व्यक्ति)
जिल्ला कैलाली, लम्कीचुहा नगरपालिका ७ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २२ स्थित रहेको मनु
जेम्स एण्ड ज्वलर्सका सञ्चालक सन्तोष सुनारको छोरा वर्ष २२ को दिपेस रसाईली (सिक्री किन्ने व्यक्ति)
सिक्रि लुटपाट गरेका स्थानहरू
१. मिति २०७२।०६।०८ गते, जिल्ला ललितपुर नख्खुडोलबाट १.५ तोलाको सिक्री चुडालेर लगेको
२. मिति २०७२।०६।२३ गते, जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ३ सिङ्गल ट्री नजिकबाट १ तोला १५ लालको आधा सिक्रि चुडालेर लगेको
३. मिति २०८२/०६/२६ गते, ललितपुर बुद्दचोकबाट ३ तोलाको सिक्री चुडालेर लगेको
४. मिति २०८२।०७।०१ गते, जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका १ राधाकृष्ण मन्दिर नजिकबाट १ तोलाको सिक्री आधा चुडालेर लगेको
५. मिति २०८२।०७।०१ गते, रामकोट टेम्पो पार्क नजिकबाट १ तोला २५ लालको सिक्री आधा चुडालेर लगेको
६. मिति २०८२।०७।०१ गते, जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ५ थापाचोक नजिकबाट झोला र Samsung कम्पनीको मोबाइल थान १ लुटपाट गरेको
७. मिति २०८२।०७।०१ गते, जिल्ला काठमाडौं, तार्केश्वर नगरपालिका बालाजु नेपालटार स्थितबाट २ तोलाको सिक्रि चुडालेर लगेको
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण