पञ्चकोट पुग्ने छोटो सडक कालोपत्र
सारांश
- बागलुङको पञ्चकोट जाने सडक कालोपत्रे गरिएको छ, जसले धार्मिक पर्यटकलाई सहज बनाउनेछ।
- सङ्घीय सरकार र बागलुङ नगरपालिकाको संयुक्त लगानीमा सडक स्तरोन्नति भइरहेको छ, जसमा ७६% भौतिक प्रगति भएको छ।
- मुक्तिनाथ बाबा परिक्रमा सडकले पञ्चकोट पुग्न दुई किलोमिटर छोटो बनाउनेछ, र यो धार्मिक पर्यटनको लागि महत्त्वपूर्ण छ।
बागलुङ । बागलुङको पर्यटकीय गन्तव्यका रूपमा परिचित पञ्चकोट जाने छोटो सडक कालोपत्र गरिएको छ । पाँच कोटको सङ्गम स्थललाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास भएपछि त्यहाँ पुग्ने सडकलाई पक्की बनाउन थालिएको छ ।
सङ्घीय सरकार र बागलुङ नगरपालिकाको समपुरक अनुदानमा मुक्तिनाथ बाबा परिक्रमा सडक २०८१ असारदेखि स्तरोन्नति थालिएको थियो । अहिले उक्त सडकमा धमाधम कालोपत्र भइरहेको छ ।
मुक्तिनाथ बाबा कमलनयन आचार्यको सङ्कल्पमा निर्माण भएको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट पुग्ने सडकको करिब चार किमी सडक कालोपत्र भइरहेको छ । विसं २०६० मा ट्रयाक खोलिएको उक्त सडक २२ वर्षपछि कालोपत्र थालिएको हो ।
रु आठ करोड ६७ लाख ३६ हजारमा बागलुङ नगरपालिका–६ स्थित वडा कार्यालयदेखि भीरलाखुरी हुँदै पञ्चकोट पुग्ने सडक स्तरोन्नतिसँगै कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । अहिले प्रिमिक्स प्रविधिद्वारा कालोपत्रको काम भइरहेको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले जानकारी दिए । पञ्चकोट पुग्ने छोटो र स्तरीय सडकको रूपमा लिइएको उक्त सडकले धार्मिक पर्यटकलाई सहज बनाउने छ । झन्डै चार किमी लम्बाइ र पाँच दशमलव पाँच मिटर चौडाइ सडक कालोपत्र गरिएको छ ।
रु १० करोड लागतको डिपीआर निर्माण गरी सङ्घीय सरकारको समपुरकमा बजेट माग गरेकामा अहिले सङ्घीय सरकार र स्थानीय बागलुङ नगरपालिकाको ५०/५० प्रतिशत लगानीमा उक्त सडक निर्माण भइरहेको हो । अहिले उक्त सडकको ७६ प्रतिशत भौतिक तथा ७२ प्रतिशत आर्थिक प्रगति भएको इन्जिनियर सोविन घर्तीले जानकारी दिए ।
बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा पुग्ने भारतीय तथा आन्तरिक पर्यटकलाई सडकले सहज बनाउने वडा अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए । उनले पञ्चकोट पुग्ने मुक्तिनाथ बाबा सडक परिक्रमाले दुई किमी सडक छोटो हुने बताए । मुक्तिनाथ बाबाको परिकल्पनामा निर्माण भएको पञ्चकोटलाई दुईवटा सडकले परिक्रमा गराउने उद्देश्यले उक्त सडक स्तरोन्नति गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण