‘गोजीमा दाम छैन’ को १० करोड भ्युज
सारांश
- चलचित्र 'चङ्गा चेट'को गीत 'गोजीमा दाम छैन' युट्युबमा १० करोड भ्युज पुगेको छ।
- यो गीत सात वर्षअघि ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको थियो।
- गीतमा प्रियंका कार्की, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । चलचित्र ‘चङ्गा चेट’ मा समावेश लोकप्रिय गीत ‘गोजीमा दाम छैन’ युट्युबमा १० करोड भ्युज पार गर्न सफल भएको छ। सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले मंगलबार १० करोड भ्युजको ऐतिहासिक कीर्तिमान बनाएको हो।
माधव वाग्लेले निर्माण गरेको चलचित्र ‘चङ्गा चेट’ को यस गीतमा सङ्गीतकार राजनराज शिवाकोटीको सङ्गीत रहेको छ। राजनराज शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीले स्वर दिएका गीतमा हरिहर तिमल्सिनाको शब्द छ।
गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू प्रियंका कार्की, सन्दीप क्षेत्री, आयुष्मान देशराज जोशी, परमिता राणा, रबिन्द्र झा र सुरक्षा पन्त फिचर छन्। भिडियोको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् भने निरज कँडेलले डीओपीका रूपमा काम गरेका छन्। चलचित्रको सम्पादन दिर्घ खड्काले र निर्देशन दीपेन्द्र के। खनालले गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण