कर्णालीका मुख्यमन्त्री भन्छन् : अपराधलाई राजनीतिले ढाक्न पाइँदैन, दोषीलाई कडा कारबाही हुन्छ
सारांश
- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीका घटनालाई राजनीतिक आवरण दिन नहुने बताए।
- मुख्यमन्त्री कँडेलले अपराधलाई ढाकछोप गरे कानुनको शासन कमजोर हुने र नागरिक असुरक्षित हुने बताए।
- जाँचबुझ आयोग र प्रहरी प्रशासनले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने कुरामा जोड दिए।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भाद्र २४ गते सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीका घटनालाई राजनीतिक आवरण दिएर ढाकछोप गर्न नमिल्ने बताएका छन् । उनले यस्ता आपराधिक गतिविधिमा संलग्न जो कोही भए पनि कानुनबमोजिम कडा कारबाही गरिनेमा जोड दिए ।
मुख्यमन्त्री कँडेलले बुधबार सुर्खेत आइपुगेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँगको भेटका क्रममा यस्तो बताए । उनले अपराधलाई राजनीति भनेर ढाकछोप गरिए कानुनको शासन कमजोर हुने र अराजकता बढ्ने खतरा औँल्याए । उनले भने, ‘अब नागरिक नै असुरक्षित हुने अवस्था आउन सक्छ । अपराधजन्य कार्यमा संलग्न जो कोही भए पनि कानुन अनुसार कडा कारबाही गर्नुपर्छ ।’
कँडेलले जाँचबुझ आयोग र प्रहरी प्रशासनले सत्यतथ्य र निष्पक्ष अनुसन्धानद्वारा दोषीलाई कारबाहीमा ल्याए मात्रै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सकिने बताए । उनले भाद्र २४ गते दिउँसो १ बजेपछि भएको आगजनी, लुटपाट र चोरीका घटनामा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गरे ।
विगतका राजनीतिक आन्दोलनहरूमा जनआन्दोलन भए पनि कहिल्यै नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाट जस्ता घटना नभएको उनले स्मरण गराए ।
भेटका क्रममा जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले निजी घर जलाउने कार्यलाई स्पष्ट रूपमा आपराधिक गतिविधिको रूपमा आयोगले अध्ययन गर्ने बताए । उनले व्यक्तिगत घरमा आगजनी, लुटपाट र चोरी गर्ने कुरा राजनीतिक नभएको स्पष्ट पारे ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले हालसम्म सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीसम्बन्धी फोटो तथा भिडियो प्रमाणहरू सङ्कलन गरिएको जानकारी दिए । उनका अनुसार, प्रहरी घटनामा संलग्न व्यक्तिहरूको पहिचानको अन्तिम चरणमा पुगेको छ र केही दिनभित्रै कानुनी कारबाही अगाडि बढाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण