राप्ती प्रतिष्ठानमा जेनजी आन्दोलनका घाइतेहरूलाई मनोसामाजिक परामर्श सेवा सुरु
सारांश
- दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेनजी आन्दोलनका घाइतेहरूका लागि मनोसामाजिक परामर्श सेवा सुरु भएको छ।
- स्वास्थ्य मन्त्रालयको परिपत्रअनुसार प्रतिष्ठानले छुट्टै क्लिनिक सञ्चालनमा ल्याएको छ।
- मनोसामाजिक परामर्श सेवा मानसिक रोग विभागका प्रमुख डा. सरोज उप्रेतीको संयोजकत्वमा सुरु गरिएको हो।
बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा जेनजी आन्दोलनमा घाइते भएकाहरूका लागि मनोसामाजिक परामर्श सेवा आजबाट सुरु गरिएको छ। स्वास्थ्य मन्त्रालयको परिपत्रअनुसार प्रतिष्ठानले उक्त सेवा शुभारम्भ गरेको जनाएको छ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा. डा. जनार्दन पन्थीका अनुसार, जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई उचित मनोसामाजिक परामर्श दिनका लागि छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको हो।
मनोसामाजिक परामर्श सेवा प्रतिष्ठानको शिक्षण अस्पतालअन्तर्गत मानसिक रोग विभागका प्रमुख डा. सरोज उप्रेतीको संयोजकत्वमा सुरु गरिएको हो। उक्त सेवामा विशेषज्ञ चिकित्सकहरू सहभागी छन्।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालका अनुसार, उक्त टोलीमा मनोचिकित्सक डा. नितु बस्नेत, एमडीजीपी तथा इमरजेन्सी विभागका डा. अमृत राज सुवेदी र मनोसामाजिक परामर्शदाता मिना डिसी सदस्यका रूपमा रहेका छन्।
अस्पताल प्रशासनले उक्त सेवा मार्फत आन्दोलनमा घाइते भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य सुदृढीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण