मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपबाट मेस्सी र रोनाल्डो बाहिरिँदा एडिडास र नाइकी किन भए दुःखी ?

शुक्रबार, २२ असार २०७५, १३ : २७
शुक्रबार, २२ असार २०७५

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो विश्वकपमा बाहिरिएपछि उनीहरुको प्रशंसकमात्र दुःखी छैनन्, केही कम्पनीहरु पनि दुःखी भएका छन् ।

यी दुई खेलाडी गोल्डेन बलका विजेता मात्र होइनन् बरु दुनियाको सबैभन्दा धेरै कमाई गर्ने खेलाडीहरुमा पर्छन् । उनीहरुको कमाईको माध्यम खेल मात्र होइन, प्रायोजन पनि हुने गर्छ ।
फुटबलको दुनियामा एडिडास र नाइकीलाई ‘प्रायोजनको राजा’ मानिन्छ । फिफा विश्वकप जस्तो प्रतियोगिताले उनीहरुलाई आफ्नो ब्राण्डलाई बलियो बनाउने र कमाई बढाउने मौका दिन्छ । उनीहरु कुनै मूल्यमा यसलाई गुमाउन चाहदैनन् ।

यस्तो प्रतियोगिता उनीहरुको लागि फाइदाको सम्झौता हुने गर्छ । ब्राजिलको एक बजार सल्लाहकार अमीर सोमोगी भन्छन् ,“एडिडास र नाइकीको रणनीति नै जित्न सक्ने टिम र खेलाडीहरुसँग आफूलाई जोड्नु हुन्छ । उनीहरु आफ्नो कम्पनीको नाम विजेताको टिमसँग जोड्न चाहन्छन् । यसले मात्र उनीहरु धेरै भन्दा धेरै फाइदा उठाउन सक्छन् ।”

एडिडासले मेस्सी र उनको टिम अर्जेन्टिनालाई प्रायोजन गर्छ । उता नाइकीले रोनाल्डो र उनको टिम पोर्चुगललाई पनि प्रायोजन गर्छ । उनीहरुको जर्सीमा यी कम्पनीहरुको लोगो हुन्छ । यसको लागि अनुबन्धनै हुन्छ ।
 

टिमको जीत हारमा कम्पनीलाई पुग्ने फाइदा
खेलाडीहरुको राम्रो प्रदर्शन र टीमको जीत हारको सम्बन्ध सिधा कम्पनीको कमाईसँग जोडिएको हुन्छ । सन् २०१४ मा ब्राजिलमा भएको वर्ल्डकपमा टीमले गरेको राम्रो प्रदर्शनको सिधा फाइदा यी कम्पनीहरुलाई पुगेको थियो । 

एडिडासले त्यो वर्ष २ खर्ब ७४ अर्ब ४४ करोड रुपैयाको बिक्री गरेको थियो । उता नाइकीले त्यही समय आफ्नो आम्दानीमा २३%ले बढोत्तरी गरेको घोषणा ग¥यो ।

ब्राजिलमा भएको विश्वकपको दौरान दुबै कम्पनीबीच प्रायोजनको होड चलेको थियो । ३२ मा १२ टिमहरुलाई नाइकी र अन्य १० टीमलाई एडिडासले प्रायोजन गरेको थियो ।

तथापी यी खेलहरुमा सबैभन्दा बढी फाइदा जर्मनीको एक कम्पनीले उठायो । उक्त कम्पनीले फिफा वल्डकपको आधिकारिक प्रयोजन गरेको थियो । 
 

प्रायोजनका लागि होड
सन् २०१४ मा एडिडासले प्रायोजन गरेको टीमहरु अर्जेन्टिना र जर्मनीले फाइनल खेलेका थिए । फाइनल खेलमा सन् १९९८ पछि तेस्रो पटक उसले प्रायोजन गरेको टिम विजयी भयो ।

उता नाइकीले स्पोन्सर गरेको टीम ब्राजिल सन् २००२ मा विश्वविजेता भयो । 

फुटबलसँग जोडिएको एक अन्तराष्ट्रिय सस्थानको अध्ययन अनुसार यो वर्ष भइरहेको फिफा वल्र्डकपमा शीर्ष २०० खेलाडीहरुमध्ये १३२ जनाले नाइकीको जूत्ता लगाएका छन् भने ५९ जनाले एडिडासको जुत्ता लगाएर मैदानमा खेलिरहेका छन् । 
प्रायोजनका लागि कति खर्च गर्छन् कम्पनीहरु
नाइकीले फ्रान्सको फुटबल फेडरेशनसँग करिब ५ अर्ब ४८ करोड रुपैयाँको सम्झौता गरेको छ । यो सम्झौता सन् २०२६ सम्म फ्रान्सका खेलाडीहरुको जर्सीको लागि गरिएको हो । कम्पनीले इङ्ग्ल्याण्ड र ब्राजिलसँग पनि यस्तै खालको सम्झौता गरेको छ । तर तीसँगको सम्झौता फ्रान्सँसग भन्दा केही करोड बढी रहेको छ ।

अर्को तर्फ एडिडासले जर्मनीको टिमलाई ६ अर्ब ३५ करोड रुपैया दिन्छ भने स्पेनलाई लगभग ५ अर्ब १५ करोड रुपैया दिन्छ । त्यस्तै अर्जेन्टिनालाई १ अर्ब २० करोड दिने गर्छ । 

जर्मनीको टिम प्रतियोगिताको समूह चरणबाटै बाहिरियो । एडिडासको लागि यो कुनै खराब समाचार भन्दा कम थिएन । 

एक जर्सीको औसत मूल्य करिब ७२०० रुपैया पर्छ । यो वर्ष मेस्सी र रोनाल्डो प्रतियोगिताबाट छिट्टै बाहिरिनु कम्पनीको लागि झट्टा भएर आएको छ । यसले बिक्रि र ब्राण्डलाई प्रभावित गर्न सक्छ ।

एक फुटबलसम्बन्धी सस्थानका अनुसार नाइकीले रोनाल्डोसँग मात्रै उनको जीवनभरको लागि १ खर्ब ९ अर्ब ८९ करोड रुपैयाको अनुबन्ध गरेको छ ।

बीबीसी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप