शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बढुवा भएका डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

सोमबार, १७ कात्तिक २०८२, १८ : ४४
सोमबार, १७ कात्तिक २०८२

काठमाडौं । प्रहरीका पाँचजना डीआईजीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका थिए । 

बढुवाको निर्णयपछि आईजीपी चन्द्र कुबेर खापुङले प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिए । 

बढुवा भएका डीआईजी भूपेन्द्र खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सानुराम भट्टराईलाई अपराध अनुसन्धान विभाग र ओम प्रसाद अधिकारीलाई उपत्यका प्रहरी कार्यालय र शेखर खनाललाई अख्तियारमा पदास्थपान गरिएको छ ।

अवि नारायण काफ्लेलाई भने प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप