शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जाजरकोटमा ढुंगा लागेर एक जनाको मृत्यु

मङ्गलबार, १८ कात्तिक २०८२, १४ : ३३
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • जाजरकोटको कुशे गाउँपालिकामा खोटो संकलन गर्न गएका एक व्यक्तिको ढुंगा लागेर मृत्यु भएको छ।
  • मृत्यु हुनेमा कुशे गाउँपालिका-४ का ६१ वर्षीय जयबहादुर शाही रहेका छन्।
  • घटनास्थलमा प्रहरी टोली पुगेको छ र थप अनुसन्धान भइरहेको छ।

  जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–४ मा खोटो संकलन गर्न गएका एक जनाको ढुंगा लागेर मृत्यु भएको छ ।
सोमबार भिउँ कटेरी सामुदायिक वनमा सल्लाको खोटो संकलनका क्रममा भिरबाट खसेको ढुंगाले लागी सोही वडाका अन्दाजी ६१ वर्षीय जयबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो ।

कुशे गाउँपालिका–४ का वडाध्यक्ष निमबहादुर शाहीका अनुसार, शाही सोमबार खोटो संकलन गर्न घरबाट निस्केका थिए ।

साँझसम्म घर नफर्केपछि परिवार र स्थानीयले खोजतलास गर्दा उनलाई मृत अवस्थामा भेट्टाएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमाथिबाट ढुंगा खसेको देखिएको वडाध्यक्ष शाहीले बताए ।

हाल मृतक शाहीको शव घटनास्थलमै रहेको र मुचुल्का उठाउने प्रक्रिया बाँकी रहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप