नेपाल यूएईसँग पराजित
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको एक दिवसीय खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली यूएईसँग ४ विकेटले पराजित भएको छ ।
बुधबार आईसीसी एकेडेमी मैदानमा भएको खेलमा यूएईले नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य ४९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
यूएईका लागि मोहम्मद शाहदले ९६ रनको उत्कृष्ट पारी खेले । शतक बनाउन ४ रनले चुकेका उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, मोहम्मद वसिमले ७६ रनको अर्धशतकीय योगदान दिँदा सोहिब खानले २९ रन जोडे ।
नेपालका लागि बलिङतर्फ करण केसीले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव, ललित नारायण राजवंशी र सन्दीप लामिछानेले भने १(१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको थियो । नेपालले यूएईलाई जितका लागि २४० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले ६८ बलमा ७ चौका प्रहार गरे । कुशलले ४५ रन जोडेका थिए भने दीपेन्द्र सिंह ऐरीले ३७ रनको योगदान दिए । आसिफ शेखले ३४ र आरिफ शेखले ३० रन बनाए ।
बलिङतर्फ यूएईका जुनाइद शिद्धकी, मोहम्मद जवाल्ल र ध्रुव प्रासरले समान २(२ विकेट लिए ।
यो जितसँगै आईसीसी विश्वकप लिग–२ मा यूएईले २० खेलमा १० अंक जोडेको छ । नेपालको भने १२ खेलबाट १२ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण