तत्काल प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा उभिए विप्लव
सारांश
- नेकपा महासचिव विप्लवले अहिले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक नभएको बताए।
- उनले जनताको सत्ता नआएसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी निर्वाचन हुन नसक्ने उल्लेख गरे।
- विप्लवले विदेशीको प्रभावबारे चिन्ता व्यक्त गर्दै निष्पक्ष शासनको आवश्यकता औंल्याए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा अहिले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक नभएको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले जनताको सत्ता नआएसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी निर्वाचन हुन नसक्ने बताएका हुन् ।
‘जनताले प्रत्यक्ष चुन्ने कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीमा जानुपर्छ । तर राज्यसत्ता जनताले बनाएपछि मात्र जानुपर्छ । आजको दिनमा सम्भव छैन’, उनले भने– ‘आजको दिनमा प्रत्यक्ष कार्यकारी भनियो भने फेरि पैसाको बलमा एनजिओ डाँकाहरू विदेशी डलर लिएर नेपाली जनतालाई भ्रष्टीकरण गरेर, ठगेर हाम्रो देशमा उत्तेजना फैलाउने प्रतिबन्ध लगाउनुपर्नेछ । लखेट्नुपर्नेछ । यी सबै भएपछि मात्र बल्ल निष्पक्ष चुनाव हुन्छ ।’
विप्लवले विदेशीको दाना खानेले निष्पक्ष शासन र नेपाललाई स्वाधीन बनाउन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण