जेनजी अभियन्तालाई शंकर पोखरेलको चुनौती : तपाईँका सुशासन आदर्शसँग म परीक्षण हुन चाहन्छु
सारांश
- एमाले महासचिव शंकर पोखरेलले आफू सुशासनको पक्षमा भएपनि भ्रष्टाचार विरोधी निशानामा परेको गुनासो गरेका छन्।
- पोखरेलले आफ्नो पारिवारिक, राजनीतिक र संसदीय यात्राका अनुभवहरू सार्वजनिक गर्दै जेनजी आन्दोलनमा घर जलाएपछि साथीको घरमा बसेको र फ्ल्याट लिएर डेरा सुरु गरेको बताए।
- उनले आफूले आर्थिक अनुशासन र मितव्ययिताका लागि प्रयास गरेको र भ्रष्टाचार विरोधी कथित आक्रमणको निशानामा परेको उल्लेख गरे।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू सधैँ सुशासनको पक्षमा भएपनि भ्रष्टाचार विरोधी निशानमा परेकोमा दुःख व्यक्त गरेका छन् ।
भदौ २४ गतेको तोडफोडमा आफ्नो घर जलाइपछिको एक अनुभूति लेख्दै पोखरेलले आफ्नो पारिवारिक, राजनीतिक र संसदीय यात्राका अन्तरङ्गहरू सार्वजनिक गरेका हुन् ।
जेनजी आन्दोलनमा घरमा आगलागी र तोडफोड गराइएपछि करिब दुई महिना साथीको घरमा बसेको र हिजोदेखि फ्ल्याट लिएर पुन डेराको जिन्दगी सुरु भएको उल्लेख गर्दै पोखरेलले जीवनका उतारचढाव भावनात्मक रूपमा सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै पोखरेलले आफू संसद् भएका बेला प्राडो र पजेरो संस्कृति भित्रिए पनि आफूले त्यस्तो सुविधा नलिएको, गम्भीर प्रकृतिको रोग लाग्दा पनि राज्यबाट उपचार सहयोग नलिएको, लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका बेला पुँजीगत खर्च शतप्रतिशत गरेको र आफूले सम्हालेको अर्थ मन्त्रालयमा समेत बेरुजु शून्य रहेको उल्लेख गरेका छन् ।
‘मैले अहिलेसम्म हरेक काममा आफूलाई आर्थिक अनुशासन र मितव्ययिताका दृष्टिले उदाहरणीय बन्ने र बनाउने प्रयास गरेँ’ पोखरेलले भनेका छन्, ‘तर भ्रष्टाचार विरोधका नामको कथित आक्रमणमा चर्को निशानामा हाम्रो परिवार पर्न गयो ।’
पोखरेलले आफ्नो परिवारमा दाङमा शिक्षा र समाजसेवाका लागि ३ सय बिगाहा भन्दा बढी जग्गा दान गरेको उल्लेख गर्दै दाजुभाइसँग अंशबन्डा गरेर हाल आफूसँग चार बिगाहा जग्गा रहेको बताएका छन् ।
पोखरेलले आफूले १६ वर्षको उमेर देखि पढाइका लागि घर छोडेको,त्यसपछि राजनीतितर्फ आकर्षित भएको,अध्ययनकै क्रममा बनारस बस्दा नेपाली समुदायसँग मिलेर समाजसेवा र राजनीति गरेको पनि स्मरण गरेका छन् । बनारसको पढाइ सकेर नेपाल फर्किएपछि अनेरास्ववियुको नेपाल बन्दका क्रममा घोराहीमा पक्राउ परेको र करिब पाँच महिना जेल जीवन बिताएको पनि पोखरेलको भनाइ छ ।
कोटेश्वरमा रहेका चार आना जग्गा आफ्नी जेठी सासु (सुजिता शाक्यकी दिदी)ले दिएको र दाजुले पुर्ख्यौली सम्पत्ति बेचेर पठाएको पैसाले घर बनाएको पोखरेलले प्रस्ट पारेका छन् ।
‘अमेरिकामा डिभी परेर जानु भएकी सुजिताकी दिदीले किन्नु भएको चार आनाको घडेरी बैनीलाई दिनुभयो । पैतृक सम्पत्तिको जग्गा बिक्रीबाट दाजुले पठाएको रकमले त्यहाँ घर बनायौँ’ महासचिव पोखरेलले लेखेका छन् ।
उनले अहिलेसम्म हरेक काममा आफूलाई आर्थिक अनुशासन र मितव्ययिताका दृष्टिले उदाहरणीय बन्ने र बनाउने प्रयास गरेको भन्दै भ्रष्टाचार विरोधका नामको कथित आक्रमणमा चर्को निशानामा आफ्नो परिवार पर्न गएको बताएका छन् । ‘यसका बाबजुद म जेनजीका नाममा सक्रिय नवयुवाहरुको भावनालाई सम्मान नै गर्दछु’, उनले भनेका छन्, ‘त्यसको आवरणमा भएको अपराधको भने चरम घृणा गर्दछु । म जेन्जी अभियानका नाममा सुशासन र भ्रष्टाचार विरोधी आन्दोलन चलाइरहनु भएका नव युवाहरूलाई भन्न चाहन्छु–तपाईँहरूको आदर्शको मापदण्डमा कोही छन् भने म आफैँलाई तीसँग परीक्षणमा लैजान तयार छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण