बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
आइतबार, २३ कात्तिक २०८२, १३ : २१
सारांश
- डोटीमा एक जना पुरुष १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका छन्।
- दिपायल सिलगढी नगरपालिकाका ५२ वर्षीय ओमप्रकाश चन्दलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
- प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
डोटी । डोटीमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिपायल सिलगढी नगरपालिका–१ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओमप्रकाश चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण