शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जनकपुरले भित्र्यायो इमरान ताहिर

आइतबार, २३ कात्तिक २०८२, १७ : ००
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • इमरान ताहिरले यस सिजन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
  • उनलाई जनकपुर बोल्ट्सले नयाँ सिजनका लागि अनुबन्ध गरेको छ।
  • ४६ वर्षीय ताहिर लेगब्रेक गुग्ली बलर हुन् र उनले विभिन्न फ्रेन्चाइजीका लागि खेलेका छन्।

काठमाडौँ । दक्षिण अफ्रिकी बलर इमरान ताहिरले यो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । उनलाई साबिक विजेता जनकपुर बोल्ट्सले नयाँ सिजनका लागि अनुबन्ध गरेको हो ।

४६ वर्षीय लेगब्रेक गुग्ली बलरको जन्म भने पाकिस्तानमा भएको थियो । उनीसँग विश्वभर विभिन्न फ्रेन्चाइजीका लागि खेलेको अनुभव छ ।

उनले ४४६ टी २० खेलहरूमा ५७० विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा भने उनले ६३ विकेट हात पारेका छन् । उनी कुनै समय आईसीसीको टी–२० वरीयतामा शीर्ष स्थानमा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप