लागुऔषध बिक्रेतामाथि अनुसन्धान गर्दा दुई थान रिभल्वर पनि बरामद
काठमाडौँ । लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ परेकामाथि अनुसन्धान गर्दै जाँदा प्रहरीले दुई थान रिभल्वर पनि बरामद गरेको छ ।
कात्तिक २१ गते प्रहरीले टेकु स्थित ह्युमतबाट काठमाडौँ महानगरपालिका वडा नम्बर–१२ घर भएका २१ वर्षीय अमर शाहीलाई पक्राउ गरेको थियो ।
शाहीसँगै भेटिए १९ वर्षीय सुजन श्रेष्ठ । उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालिमाटीको टोलीले सुरुमा उनीहरूको साथबाट ०.९२ ग्राम खैरो हेरोइन र ३२ हजार नगद बरामद गरेको थियो ।
शाही लागुऔषध विक्रेता पनि हुन् । प्रहरी वृत्त कालीमाटीका अनुसन्धान अधिकृतहरूले उनीहरूको मोबाइल चेकजाँच गर्दा हतियारको फोटो र भिडियो भेटिएको थियो ।
थप अनुसन्धान गर्दै जाँदा उनीहरूको घरबाट दुई थान रिभल्वर बरामद गरिएको काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
शनिबार अमर शाहीको घरको पछाडिपट्टि इनारको चेपमा लुकाएर राखेको अवस्थामा एउटा रिभल्वर बरामद गरिएको थियो ।
श्रेष्ठको घरबाट पनि प्रहरीले मेड इन युएसए लेखिएको रिभल्वर र ३ राउण्ड एसएलआरको गोली बरामद गरेको छ ।
शाहीको घरबाट टाइप–७७ पेस्तोलमा लाग्ने २ राउण्ड गोली पनि प्रहरीले बरामद गरेको छ ।
उनीहरू विरुद्ध प्रहरीले लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण