भोकमरी सूचकाङ्कमा नेपालको सुधार, दक्षिण एसियामै दोस्रो स्थानमा
सारांश
- विश्व भोकमरी सूचकाङ्क २०२५ अनुसार नेपालमा भोकमरीको अवस्थामा सुधार आएको छ।
- सूचकाङ्क अनुसार नेपाल १२३ देशमध्ये ७२औँ स्थानमा छ, जहाँ बालबालिकाको कुपोषण लगायतका विषयहरूलाई मूल्याङ्कन गरिएको छ।
- नेपालमा भोकमरीको सूचकाङ्क १४.८ रहेको छ, जुन मध्यम अवस्था हो, र यो सन् २००० को तुलनामा सुधारिएको हो।
काठमाडौँ । नेपालमा भोकमरीको अवस्थामा पछिल्लो समय सुधार आएको छ । विश्व भोकमरी सूचकाङ्क २०२५ को वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख देखिएको हो।
विश्वका १२३ वटा देशमा भोकमरीको अवस्थाबारे अध्ययन गरी तयार पारिएको सूचकाङ्कमा नेपाल ७२ औँ स्थानमा छ । बालबालिकाको कुपोषण, लालनपालन, बाल मृत्युदरजस्ता विषयको मूल्याङ्कन गर्दै सूचकाङ्क तयार पारिएको हो ।
सूचकाङ्कले नेपालमा कूल जनसङ्ख्याको ५ दशमलव ३ प्रतिशत जनसङ्ख्या कुपोषित रहेको देखाएको छ। यस्तै, पाँच वर्षमुनिका २६ प्रतिशत बालबालिका कमजोर र दुब्लापातला रहेको पाइएको छ। यस्तै, पाँच वर्षमुनिका ७ प्रतिशत बालबालिकाको हुर्काइबढाईमा समस्या छ।
यस्तै, २ दशमलव ६ प्रतिशत बालबालिकाको जन्मिएको पाँच वर्षभित्र नै मृत्यु हुने गरेको देखिएको छ।
सूचकाङ्कले यी देशमा भोकमरीको शून्यदेखि चरम अवस्था जनाउनका लागि सूचकाङ्कले चार वटा अवस्था चित्रण गरेको छ । यसमा ९ अकंसम्म रहने मुलुकमा भोकमरी नरहेको, १० देखि १९ सम्म मध्यम, २० देखि ३४ सम्म गम्भीर, ३५ देखि ४९ सम्म चिन्ताजनक र ५० अंकभन्दा माथि भोकमरीको भयानक स्थिति मानिएको छ।
नेपालको भोकमरी सूचकाङ्क १४ दशमलव ८ छ। यो भोकमरीको मध्यम अवस्था हो । सन् २००० मा नेपाल यो सूचकाङ्क ३७ रहेको थियो । त्यस्तै, २००८ मा २८ दशमलव ५ प्रतिशत, २०१६ मा २०.६ प्रतिशत थियो भने अहिले सुधार भएर सो स्थानमा आइपुगेको हो ।
यस्तै विश्वमा सबैभन्दा भोकमरीको चरम अवस्था सोमालियामा देखिएको छ। यहाँ भोकमरीको सूचक ४२ दशमलव ६ छ । सबैभन्दा कम भोकमरी रहेको वा भोकमरीको अवस्था नरहेको देश २५ वटा रहेका छन् ।
यो सूचीमा दक्षिण एसियाली मुलुक भारत २५ दशमलव ८ अङ्कसहित १०२ औँ स्थानमा छ । पाकिस्तान २६ दशमलव १ अङ्क सहित १०६ औँ स्थानमा छ। श्रीलङ्का ११ दशमलव २ अङ्कसहित ६१ औँ स्थानमा र बङ्गलादेश १९ दशमलव २ सहित ८५ औँ स्थानमा रहेका छन् ।
यो हिसाबले नेपाल दक्षिण एसियामै दोस्रो कम भोकमरी भएको मुलुकको रूपमा रहेको छ । भुटान, माल्दिभ्स र अफगानिस्तान मूल्यांकनमा समावेश छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी आक्रमणपछि वार्ताबारे पुनरावलोकन गर्दै इरान
-
अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
-
प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन : हर्कराज राई
-
चलचित्रको विकासमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : अध्यक्ष डिसी
-
चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य
-
प्रतिनिधि सभा बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण