सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

मङ्गलबार, २५ कात्तिक २०८२, ०४ : ४६
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल कार्तिक २५ गतेको बार, तिथि, नक्षत्र, योग, र करणको जानकारी दिइएको छ।
  • मेषदेखि मीन राशिसम्मको राशिफलमा विभिन्न ग्रहको गोचर अनुसार व्यक्तिको जीवनमा पर्ने प्रभावको चर्चा गरिएको छ।
  • शुभ कार्यका लागि उपयुक्त समय र राहुकालको समय तालिका दिइएको छ, साथै यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गरिएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल कार्तिक २५ गते । मंगलबार । इस्वी सन् २०२५ नोभेम्बर ११ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि–षष्ठी, ० घडी २ पला, बिहान ६ बजेर २३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–तिष्य, ४६ घडी ५ पला, रातको १२ बजेर ४९ मिनेट उप्रान्त अष्लेषा । योग– शुभ, २६ घडी २ पला, बेलुकी ४ बजेर ४७ मिनेट उप्रान्त शुक्ल । करण–वणिज, बिहान ६ बजेर २३ मिनेट उप्रान्त भद्रा, बेलुकी ५ बजेर ४१ मिनेट उप्रान्त बव । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कर्कट ।

काठमाडौमा सूर्योदय बिहान ६ बजेर २२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ११ मिनेट । दिनमान २७ घडी ३ पला ।  

आजको बार बेला ।

बिहान ६ बजेर २२ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर २३ मिनेटदेखि बिहान ७ बजेर ४४ मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर ४५ मिनेटदेखि बिहान ९ बजेर ५ मिनेटसम्म चर बेला ।
बिहान ९ बजेर ६ मिनेटदेखि बिहान १० बजेर २६ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २७ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म अमृत बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म शुभ  बेला ।
दिउसो २ बजेर ३० मिनेटदेखि बेलुकी ३ बजेर ५१ मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर ५२ मिनेटदेखि बेलुकी ६ बजेर ५१ मिनेटसम्म काल बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउसो २ बजेर २९ मिनेटदेखि दिउसो ३ बजेर ५० मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ४५ मिनेटदेखि बिहान ५ बजेर ३३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ भने साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारोबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मन मिल्ने साथीका साथ छोटो तथा रमाइलो यात्राको तय हुनेछ । प्रणय सम्बन्धमा सुधार हुनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । बैक तथा वित्तीय क्षेत्रमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । प्रविधिको प्रयोग गरी काम वा अध्ययनलाई सहज बनाउन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । साङ्गीतिक यात्राको प्रबल सम्भावना रहेको छ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सबैको सहयोग पाइने हुनाले काम गर्न सहज हुनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । राजनीति तथा धार्मिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । तर पनि कामको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । खानपान तथा भेटघाटमा समय व्यातित हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारका इच्छा तथा आकांक्षा पुरा गर्न  सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडी बढ्नेछन् । अध्ययन र कामलाई समयमा नै सकाउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ । छोटो दुरीको धार्मिक यात्राको योग रहेको छ । धार्मिक सामाग्री, खाद्यान्न, गरगहना तथा यात्रासँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  कल्याणकारी तथा तारिफयोग्य काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृढ हुनेछ । लेखन कलाको माध्यबाट आफ्ना विचारहरू मनमानमा लैजान सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सत्यता बुझेर अगाडी बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाइनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरूकै कामका लागी समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । तर पनि खानपान, भेटघाट र यात्रामा समय खर्च हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ । व्यापार, उद्योग तथा शेयर बजारमा आज गरिने लगानीबाट आम्दानी हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुनै पनि प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तसँग भेट हुनाले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ । छोटो दुरीको धार्मिक यात्रा हुनेछ भने लामो दुरीको शैक्षिक यात्राको योग रहेको छ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइने हुनाले मन प्रसन्न रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईँको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । संस्कार संस्कृतीको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप